टी–२० विश्वकप २०२४ फाइनल : अपराजित टोली बीचको भिडन्त

१४ असार, काठमाडौं । वेष्टइण्डिजमा जारी आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार बिहान पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा पुगेको हो ।

बिहीबार राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा भारतले साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै फाइनलमा तेस्रो पटक स्थान बनाएको हो । फाइनल खेल शनिबार राति सवा ८ बजे बार्बाडोसमा हुनेछ । भारत सन् २००७को च्याम्पिपयन र २०१४ को उपविजेता टोली हो ।

जारी विश्वकपमा दुबै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । दक्षिण अफ्रिका ८ र भारत ७ खेलमा अपराजित छन् । समूह ए मा भारतले आयरल्यान्डलाई ८ विकेट, पाकिस्तानलाई ६ रन र अमेरिकालाई ७ विकेटले हराएको थियो । क्यानडासँग वर्षाको कारण अंक बाँड्न पुगेको थियो ।

सुपर–८ मा भारतले अफगानिस्तानलाई ४७ रन, बंगलादेशलाई ५० रन र अष्ट्रेलियालाई २४ रनले हराएको थियो ।

उता दक्षिण अफ्रिकाले समूह चरणमा श्रीलंकालाई ६ विकेट, नेदरल्यान्ड्सलाई ४ विकेट, नेपाललाई १ रन र बंगलादेशलाई ४ रनले हराउँदै समूह विजेता बनेको थियो । सुपर सिक्समा इंग्ल्यान्डलाई ७ रन, वेष्टइण्डिजलाई ३ विकेट र अमेरिकालाई १८ रनले हराएको थियो ।


-

-

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud