हिना खानलाई स्तन क्यान्सर, भन्छिन्- यससँग डटेर लड्न म पूरै प्रतिबद्ध छु

काठमाडौं । भारतीय अभिनेत्री हिना खान स्तन क्यान्सरसँग जुधिरहेकी छन् । उनलाई तेस्रो चरणको स्तन क्यान्सर भएको बीबीसीले जनाएको छ ।

अभिनेत्री खानले पनि सामाजिक सञ्जालमार्फत पनि यसबारे जानकारी दिएकी छन् । इन्स्टाग्राममा उनले लेखेकी छन्, ‘यो गम्भीर बिरामीको बाबजुद म सबैलाई आश्वस्त पार्न चाहन्छु, म ठीक छु । म बलियो मन बनाएर यस रोगसँग डटेर लड्न पूरै प्रतिबद्ध छु । मेरो उपचार सुरु भइसकेको छ र यसबाट बाहिर निस्किनका लागि जे जरुरी हुन्छ, त्यसका लागि म तयार छु ।’

३६ वर्षीय हिना खान ‘ये रिश्ता क्या कहलाता है’ र ‘कसौंटी जिन्दगी’ जस्ता चर्चित टिभी शृंखलामा मुख्य भूमिकामा देखिइसकेकी छन् । उनी रियालिटी शो बिग बोसमा पनि सहभागी भइसकेकी छन् ।


-

-

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud