बरु प्रहरी राखेर अन्तर्वार्ता गर्छु, गुन्डागर्दी सहिन्न : शिक्षामन्त्री

१७ असार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने बताएकी छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले दलीय राजनीतिक हस्तक्षेप स्वीकार्य नहुने बताइन् । शिक्षक वा प्राध्यापकले तालाबन्दी गरे कारबाही गर्ने कानुन बनाउने उनले बताइन् ।

६ पटकसम्म उत्तर पुस्तिका हराएको भए पनि अहिलेसम्म कसैलाई कारबाही नगरेको पाइएको उनले सुनाइन् । नयाँ टिमले अध्ययन गरेर प्रतिवेदन तयार पारेपछि दलका भ्रातृ संगठनहरूले आफूहरूले भने जस्तो कारबाही नभए तालाबन्दी गर्छौं भनेको भन्दै मन्त्री श्रेष्ठले भनिन्, यस्तो पनि हुन्छ ? यो त अराजकता हो ।’

यसलाई रोक्ने हो जसले हराएको छ, उसलाई कारबाही हुनुपर्ने बताइन् ।


-

-

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud