गण्डकी विश्वविद्यालयमा एआईको अध्यापन हुने

४ साउन, काठमाडौं  
विभिन्न पेशा व्यवसायमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग अनिवार्य हुने चर्चा भइरहेका बेला नेपालमा एआईको औपचारिक पठनपाठन हुने भएको छ ।

गण्डकी विश्वविद्यालयले स्नातकोत्तर तहमा २ वर्षे कार्यक्रमको तयारी अघि बढाएको हो । ४ सेमेष्टरमा पहिलो ब्याचमा २० जना विद्यार्थीलाई अध्यापन गराइने सो विश्वविद्यालयले जनाएको छ ।

नेपाल र एसियाकै सन्दर्भमा यस्तो पाठ्यक्रम पहिलो भएको बताएकाले गुणस्तरीय शिक्षामा जोड दिँदै २० जना विद्यार्थीको कोटा तोकिएको विश्वविद्यालयका अधिकारीहरू बताउँछन् ।

५ वर्षअघि स्थापना भएको यो विश्वविद्यालय गण्डकी प्रदेश सरकारले स्थापना गरेको हो । प्रवेश परीक्षा र भर्नाका लागि आवश्यक प्रक्रिया पूरा गरेपछि जुनसुकै जिल्लाका विद्यार्थीलाई एआई अध्यापन गराउन समस्या नपर्ने गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले बताए । नेपालमा पहिलो पटक विश्वविद्यालय तहमा प्रविधि विषयको पढाई देखिनु सबैका लागि गौरवको विषय भएको उनको भनाइ छ ।

यो विषयका विद्यार्थीले एआई प्रविधिमार्फत नेपालको आर्थिक विकासमा टेवा पुर्याउने भएकाले गण्डकी प्रदेश आगामी दिनमा आइटीको आकर्षक गन्तव्य बन्ने विज्ञान तथा प्रविधि संकायका डिन डा. कपिल अधिकारीको दाबी छ ।


-

-

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud