तीनकुनेमा वृक्षरोपण

३० असार, काठमाडौं  
कोटेश्वर–तीनकुने क्षेत्रको वाग्मती किनारमा वृक्षरोपण गरिएको छ ।

म्यान्मारकी समाजसेवी तुलसी थापाले उपलब्ध गराएकी १५ वटा तेजपातका बिरुवा वाग्मती सफाइ महाअभियानको ५ सय ८३औँ हप्ताको अवसरमा (आज आइतबार)  रोपिएको हो ।

वाग्मती सफाई अभियानकर्मी किशोरसिंह शाहीका अनुसार थापाले उपलब्ध गराएका बिरुवाका अतिरिक्त पिपल, ओखर, सुन्तला, एभोकाडो र तेजपातसहित ५० भन्दा बढी ५ फिट अग्ला वृक्षरोपण गरिएको हो । वर्षामा बाढीले वाग्मतीमा जम्मा भएका फोहर बगाएर लैजाने गरेकाले वर्षायाम लागेपछि नदी क्षेत्र सफा देखिने गरेको छ ।

सफाइमा काठमाडौं महानगरपालिका–११ का वडाध्यक्ष हिरालाल तन्डुकार, नेपाल नदी संरक्षण संस्था अध्यक्ष मेघ आले, वरिष्ठ कृषि विशेषज्ञ छवि पौडेललगायत अभियानकर्मी सहभागी थिए । नदी किनारमा भेटिएका नकुहिने फोहर काठमाडौं महानगरपालिकाको वातावरण विभागले व्यवस्थापन गरेको थियो ।

२०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ अभियान जारी छ । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई सहायक नदीमा पनि सफाइ अभियान सुरु गरिएको छ । चक्रपथका उत्तर पश्चिमी भेगमा सफाइ अभियान चलिरहेको छ । काठमाडौं उपत्यका बाहिरका प्रमुख नदीमा सफाइ सुरु भएको छ ।

हाल देशभर १ सय ८ भन्दा बढी स्थानमा सफाइ भइरहेको महाअभियानले जनाएको छ । अर्को हप्ता वाग्मती सफाइ कोटेश्वर महादेव मन्दिरभन्दा तल वाग्मती पहेँलो पुल अर्थात् गणेश मन्दिर चोक क्षेत्रमा गरिने जानकारी दिइएको छ ।


-

-

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud