सरकारले सगरमाथा संवाद आयोजना गर्ने

६ साउन, काठमाडौं  

जलवायु परिवर्तनको प्रभाव प्रत्यक्ष भोगिरहेका नेपालजस्ता पर्वतीय देशहरूका समस्या अन्तर्राष्ट्रियस्तरमा अवगत गराउन सरकारले सगरमाथा संवाद आयोजना गर्ने भएको छ ।

यसअघि २ पटक मिति तय भएर अन्तिम चरणमा स्थगित भएको अन्तर्राष्ट्रिय सम्मेलन गर्ने लक्ष्यमा वर्तमान सरकार जुटेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार (६ साउनमा) संसदमा विश्वासको मत माग्ने क्रममा सगरमाथा संवादको आयोजनाको तयारी थाल्ने जानकारी गराए ।

‘जलवायु परिवर्तन तथा माउण्टेन इकोनमीप्रति विश्वको ध्यानाकर्षण गर्ने समेतको उद्देश्यले प्रस्तावित सगरमाथा संवादको परराष्ट्र मन्त्रालयले तयारी गर्नेछ’, उनले भने । कोरोना संक्रमण र सत्ता परिवर्तनपछि यसअघि सगरमाथा संवाद रोकिएको थियो ।

‘जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ शीर्षकमा २०७६ चैत २०–२२का लागि तय भएको सम्मेलन कोरोना संक्रमणले स्थगित भएको थियो । २०७८ असोज १८–२० मा हुने भनिएको सम्मेलन सत्ता परिवर्तनसँगै रोकिएको थियो ।

विगतमा विभिन्न कारणले रोकिएको सम्मेलन जैविक विविधता तथा पर्यावरण प्रणालीको दिगो संरक्षण र जलवायु परिवर्तनका असर कम गर्नेगरी रणनीति तर्जुमा गरी कार्यान्वयन गर्न केन्द्रित हुने आइतबार प्रधानमन्त्री ओलीले बताए ।


-

-

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud