धुर्कोटका ५ सय बढी घरमा खानेपानी

१५ साउन, गुल्मी  
धुर्कोट गाउँपालिका–३ हाडहाडेमा सञ्चालित ठूलामूल लिफ्टिङ खानेपानी आयोजनाबाट ५ सय ५९ घरमा खानेपानी सुविधा उपलब्ध भएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा सुरु भएको उक्त योजना हालै सम्पन्न भएको हो । एउटै आयोजनाबाट यति धेरै घरमा शुद्ध पेयजलको व्यवस्था भएको धुर्कोट पालिकाको यो पहिलो ठूला खानेपानी आयोजना हो । आयोजनाबाट हाडहाडेका मोटिखर्क, निन्यूखर्क, पाथ्थरपानी, अबुवा, सिर्बु, मोरमारे लगायत टोलका बासिन्दा लाभान्वित छन् ।

आयोजनाबाट झण्डै २ हजार २ सयभन्दा बढी अप्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । सैनिक प्रावि, वडा कार्यालय, स्वास्थ्य चौकी लगायत संस्थाहरूमा यसै आयोजनाको पानी उपलब्ध गराइएको छ । दैनिक रुपमा घरमै पानी आएपछि स्थानीयको दैनिकी फेरिएको छ ।

‘पहिलेपहिले एक घण्टा हिँडेर पानी लिन जानुपथ्र्यो, स्थानीय ६८ वर्षीया मनकुमारी थापाले भनिन्, ‘अहिले घरमै पानी आउँदा सहज भएको छ ।’ पहिले खेताला लगाएर पानी ल्याएको उनले बताइन् । ठुला मूल खानेपानी उपभोक्ता समितिका सचिव नीरबहादुर घमले आयोजना सम्पन्न गर्न ४ करोड रूपैयाँभन्दा बढी खर्च भएको बताए ।

आयोजना सम्पन्न भएसँगै हाडहाडेका ५ सय ५९ घरमा धारा जडान भएका छन् । धुर्कोट गाउँपालिकामा ५ हजार ३ सय ८२ घर छन् । हाल पालिकाका अधिकांश घरमा स्वच्छ पानीको सुविधा उपलब्ध छ ।


-

-

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud