किर्नाले टोक्दा वृद्धको मृत्यु

१७ साउन, म्याड्रिड  
गाइ, भैंसी र अन्य चौपायलाई दुःख दिने किर्नाले टोकेपछि स्पेनमा एक जनाको मृत्यु भएको छ । ७४ वर्षीय वृद्धलाई इबोलासँग लक्षण मिल्दो रोग लागेर मृत्यु भएको हो ।

उनको मृत्यु अर्गन फेलियर भएर भएको बताइएको छ । किर्नाले टोकेपछि थलिएपछि ती वृद्धलाई राजधानी म्याड्रिडस्थित ला पाज–कार्लोस तृतीय अस्पतालको आइसोलेसनमा राखिएको थियो । चिकित्सहरूकाअनुसार ती वृद्धको स्वास्थ्य समस्या इबोलासँग मिल्दो जुल्दो थियो ।

किर्नाले टोकेपछि उनलाई क्रियमियन–कङ्गो हेमोरेजिक फिभर (सीसीएचएफ) भएको चिकित्सकहरूले बताएका छन् । किर्नाले टोकेपछि अचानक ज्वरो आउने, काम्ने, बान्ता हुने र पखाला लाग्ने, छिनछिनमा व्यक्तिको सोचाइ र व्यवहार बदलिने जस्ता समस्या देखिन्छ । नाकबाट रगत आउने, आँखाका रक्तकोशिका चुँडिने, दिशा–पिशाबमा समेत रगत संक्रमण देखिने गर्छ ।

ज्वरो आएपछि २ साताअघि म्याड्रिट अस्पतालमा स्वास्थ्य परीक्षण गर्न गएका वृद्धलाई गत १९ जुलाईमा सीसीएचएफ पुष्टि भएको थियो । लतत्तै सोही अस्पतालमा आइसोलेसनमा राखेर चिकित्सकले निगरानी गर्दा स्वास्थ्य अवस्था स्थिर थियो ।

यस्तो स्वास्थ्य समस्या निको पार्न अहिलेसम्म खोप र औषधि तयार नभएकाले ४० प्रतिशत हाराहारी बिरामीको निधन हुने गरेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ । सीसीएचएफ पुष्टि भएको १० दिन हाराहारीपछि मात्रै सुधारका संकेत नदेखिने र सुधारका संकेत नदेखिने बिरामीहरूको प्राय मृत्यु हुने बताइएको छ ।


-

-

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud