यागीले म्यानमामा २ सय भन्दा बढीको मृत्यु

२ असोज, काठमाडौं  
‘यागी’ नामक आँधीको प्रभावले म्यानमा ठुलो जनधनको क्षति भएको छ । भीषण वर्षासँगैको बाढीमा २ सय २० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

८० भन्दा बढी व्यक्ति वेपत्ता छन् । वर्षा र बाढीले म्यानमारको जनजीवन तहसनहस भएको त्यहाँको सैनिक सरकारले जनाएको छ । यागी यस वर्ष एसियाको सबैभन्दा शक्तिशाली आँधी हो । २ सातायता भियतनाम, लाओस, थाइल्यान्ड र म्यानमारमा ५ सय भन्दा बढी व्यक्तिको निधन भइसकेको छ । आँधीले चीन र फिलिपिन्समा पनि क्षति पुर्याएको सिन्ह्वालगायतका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

चीनको हाइनान र गुआङडोङ प्रान्तका बस्ती प्रभावित छन् । आँधीको असर कम भएपछि चीनमा अहिले पुनस्थापनाको काम जारी छ । ३ वर्षयता गृहयुद्ध र राजनीतिक अस्थिरताले म्यानमाको जनजिवन प्रभावित बनिरहेका बेला यागीले दक्षिण म्यानमाको जनजिवन झनै लथालिंग बनाएको छ । बाढी, पहिरोजस्ता घटनाले म्यानमाका धेरै गाउँ डुबानमा छन् । त्यहाँ ५ लाखभन्दा बढी मानिसका लागि खाद्यान्न, पिउने पानी, बास र लत्ताकपडाको तत्काल प्रबन्ध गर्नुपर्ने संयुक्त राष्ट्रसंघले जनाएको छ ।

म्यानमाको जुन्ता सरकारका अनुसार म्यानमाका विभिन्न भेगबाट २ लाख ४० हजार भन्दा बढी व्यक्तिलाई अन्यत्र स्थानान्तरण गरिएको छ । म्यानमा सरकारले अन्तर्राष्ट्रिय समुदायलाई राहत र सहयोगका लागि अपिल गर्दै भनेको छ, लगभग ७ लाख मानिसहरू यागी आँधी यागीबाट प्रभावित भएका र सयौंको संख्यामा हताहत र बेपत्ता भएका छन् ।’

एजेन्सीहरूको सहयोगमा।


-

-

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud