२९ कात्तिक, एजेन्सी।
प्रशान्त महासागरमा अहिलेसम्मकै सबैभन्दा ठूलो मुँगा फेला परेको छ । सो महासागरको दक्षिण पश्चिम भेगमा ससाना मुँगाहरू जोडिएर बनेको यो मुँगालाई वैज्ञानिकहरूले यसअघिको भन्दा ठूलो मानेका छन् ।
३ सय वर्षभन्दा पुरानो मानिएको यो मुँगा वयस्क ‘ब्लू ह्वेल’ भन्दा ठूलो छ । उक्त मुँगा ३२ मिटर लामो, ३४ मिटर चौडा र ५.५ मिटर अग्लो छ । जलवायु परिवर्तनले प्रशान्त महासागरको विभिन्न भेगमा परेको प्रभावबारेको अध्ययनका क्रममा यस्तो तथ्य भेटिएको हो ।
प्रशान्त महासागरको भित्री तथ्य अध्ययन गर्न खटिएको ‘नेसनल ज्योग्राफिक’को पानी जहाजका भिडियोग्राफटको टोलीले यसको तस्बिर, भिडियो कैद गरेका छन् । सोलोमन टापुको क्षेत्रमा पानीमुनि गिर्जाघरझैँ देखेपछि यो टोलीले थप चासो दिँदै वास्ताविकता पहिचान गरेको थियो ।
जलवायु परिवर्तनले समुद्रमा पानीको तापक्रम बढिरहँदा यो मुँगा भने समुद्रको गहिरो ठाउँमा भएकाले जोगिएको टोलीका सदस्य मानु सान फेलिक्सको ठहर छ । जलवायु परिवर्तनले विश्वभर मुँगा संकटमा परिरहेका बेला यो तथ्यले विश्वको चासो यसतर्फ तान्न थालेको छ ।