हात्तीबाट मकै जोगाउनै मुस्किल

२५ वैशाख, झापा ।
मेचीनगरका किसानलाई हात्तीबाट मकै जोगाउन मुस्किल भएको छ । दिनहु आउने जंगली हात्तीले मकैबालीमा नष्ट गर्न थालेको हो ।

अहिले मकैको सिजन भएकाले भारतबाट हुलका हुल हात्ती नेपाल प्रवेश गर्छन् । मेचीनगर ४ बाहुण्डागीका उज्वल अधिकारीको ५ कट्ठा, गीता अधिकारीको ३, लिलामाया गौतमको ३, ज्ञानबहादुर गुरुङको साढे ४ कट्ठा जमिनमा लगाएको मकै हात्तीले पूर्णरूपमा नष्ट गरेको हो ।

हात्तीको विषयमा जानकार स्थानीय शंकर लुइटेलका अनुसार समूह बनाएर हात्तीहरू मकै खान आउने गरेका छन् । हात्तीका लागि मकै राम्रो र मनपर्ने आहार भएको उनको भनाइ छ । पछिल्लो समयमा बाहुनडाँगीमा स्थानीयले हात्तीमैत्री व्यवहार गरिरहेका कारण खेतबारीमा विद्युतीय तार लगाउने गरेका छैनन् ।

यसले गर्दा मकै र अन्य खाद्यान्न बाली नष्ट गर्दै आएको छ । वडा नं. ४ का वडाध्यक्ष अर्जुन कार्कीका अनुसार अन्नबालीमा हात्तीले बर्सेनि क्षति पु-याउने गरेकाले बाली बीमामा जोडिन सबैलाई आग्रह गरिएको छ । बिमा गरेका किसानहरूले बिमाबाट क्षतिको बीमा दाबी भुक्तानी पाउने उनले जनाए ।

झापाका सबैजसो पालिकाहरूमा हात्ती आतंक छ । जिल्लालाई मकै जोनको रूपमा विकास गरिएकाले मकैको व्यवसायीक खेती हुने गरेकाले हात्तीहरू यो समय पल्किएर आउने गरेको बताइने गरेको छ ।

 


-

-

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud