Latest Posts

उदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र

१२ पुस, उदयपुर।   कटारी नगरपालिका–५ स्थित सिसाघारी सिमसार तथा पर्यापर्यटन क्षेत्रमा वन्यजन्तु उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना गरिएको छ । डिभिजन वन कार्यालय त्रिवेणीको स्वीकृतिमा केन्द्र स्थापना गरिएको हो । पर्यटन क्षेत्र व्यवस्थापन समितिका संयोजक दीलबहादुर अधिकारीका अनुसार केन्द्रमा सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुरमा फेलापरेका घाइते वन्यजन्तुको उद्धार गरिएको छ । ‘अहिले पनि केन्द्रमा २ […]
Read more

हिउँदमा कर्णालीमा डल्फिन

२ पुस, धनगढी।   मनसुन अवधिभरि विभिन्न सहायक नदीमा देखापर्ने दुर्लभ डल्फिन हिउँदमा कर्णाली नदीमा देखा परिरहेका छन् । कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा करिब ८ वटा डल्फिन नियमित रूपमा देखा परिरहेको डल्फिन संरक्षणकर्मी भोजराज ढुंगानाले जानकारी दिए । उनका अनुसार समूहमा २÷३ वटासम्म डल्फिन सत्ती पुलभन्दा माथिसम्म पुग्ने गरेका छन् । डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण […]
Read more

बाढीले आरक्षका वन्यजन्तुमा क्षति

१२ कात्तिक, सुनसरी।   गत असोज दोस्रो हप्ता सप्तकोशी नदीमा आएको ५६ वर्षयताकै ठुलो बाढीले जंगल क्षेत्र बगाउँदा कोशीटप्पु वन्यजन्तु आरक्षमा ठुलो क्षति पु¥याएको छ । सप्तकोशी नदीको पश्चिमी क्षेत्रमा रहेको आरक्षको जंगलमा बाढी पस्दा चराचुरुङ्गी तथा वन्यजन्तु बगाएको छ । वन्यजन्तु तथा चराको वासस्थान बाढीले बगाउँदा ठुलो क्षति पुगेको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ । प्रारम्भिक खोजीबाट […]
Read more

उद्धार ढिलो, मर्छन् वन्यजन्तु

५ कात्तिक, कैलाली ।   गत बुधबार बिहान (३० असोजमा) कैलालीको जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र पासोमा परेको अवस्थामा चितुवा फेला प-यो । उद्धार टोलीलाई खबर पनि गरियो । टोली आइपुग्न ६ घण्टा लाग्यो । उद्धारको केही घण्टामै चितुवाको मृत्यु भयो । १७ चैत २०७८मा घोडाघोडी नगरपालिका–१० तुल्सीपुर सामुदायिक वनमा पासोमा परेको चितुवाको उद्धार नहुँदै […]
Read more

कार्बन व्यापारमा नेपालः १ अर्ब ६० करोड प्राप्त गर्दै

१९ असोज, काठमाडौं    विश्व बैंकसँगको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट १ अर्ब ६० करोड रूपैयाँ प्राप्त गर्दैछ । सन् २०१८ देखि २०२४ सम्म नेपालले तराईका १३ जिल्लाका वनजंगलमार्फत कार्बनडाइअक्साइड घटाएबापत सो रकम प्राप्त गर्न लागेको वन तथा वातावरण मन्त्रालयको रेड कार्यान्वयन केन्द्रले जनाएको छ । नेपालले तराई भूपरिधि कार्यक्रमअन्तर्गत वाग्मती नदीबाट महाकाली […]
Read more
1 2 3 4

Trending News

Editor's Picks

हिमपहिरोको जोखिममा हुम्लाको हल्जीगाउँ

२७ असार, हुम्ला ।  चीनतर्फको हिमताल फुटेर हिमपहिरो जाँदा रसुवामा ठूलो क्षति भएपछि हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको लिमीको हल्जी गाउँवासी झस्किएका छन् । सो गाउँ माथि ठूल–ठूला हिमताल छन् । बेला बेला ती ताल फुटेर हिमपहिरो आइरहने भएकाले यतिबेला लिमीको हल्जीवासी झस्किएका हुन् । हल्जीगाउँकी डोमा तामाङले बर्खा पनि लाग्यो अब गाउँमाथि रहेका हिमताल फुटेर हिमपहिरो […]

रेडपान्डा जोगाउन वनमै सिसी क्यामेरा

५ असार, भोजपुर । लोपउन्मुख वन्यजन्तु रेड पान्डा (हाब्रे) संरक्षणका लागि यहाँका विभिन्न सामुदायिक वनमा सिसी क्यामेरा जडान गरिएको छ । रेड पान्डा पाइने स्थान छनोट पश्चात ४८ वटा क्यामेरा जडान गरिएको हो । ४ वटा सामुदायिक वनमा क्यामेरा जडान गरेर रेड पान्डाबारे जानकारी लिने काम भइरहेको रेड पान्डा नेटवर्कले जनाएको छ । टेम्केमैयुङ–१ सावाको […]

गुलमोहरले जित्न थाल्यो मन

५ जेठ, झापा । बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थितसडक किनारमा ढकमक्क फुलेका गुलमोहर हिजो–आज दुलहीझैँ देखिन्छन् । झापा–इलाम खडकखण्डमा ढपक्कै भएका गुलमोहरले दैनिक हजारौँलाई लोभ्याइरहेको छ । गुलमोहरलाई साक्षी बनाएर साथी भाइ, दम्पत्ति, प्रेमी प्रेमिका, व्यक्तिगत अनि घरपरिवारको फोटो÷सेल्फी लिनेहरूको घुइँचो दैनिक लाग्छ । टिकटक बनाउने र भिडियो खिच्न हत्तै गर्नेहरू पनि उत्तिकै हुन्छन् । गाउँपालिकाका अध्यक्ष […]

हात्तीबाट मकै जोगाउनै मुस्किल

२५ वैशाख, झापा । मेचीनगरका किसानलाई हात्तीबाट मकै जोगाउन मुस्किल भएको छ । दिनहु आउने जंगली हात्तीले मकैबालीमा नष्ट गर्न थालेको हो । अहिले मकैको सिजन भएकाले भारतबाट हुलका हुल हात्ती नेपाल प्रवेश गर्छन् । मेचीनगर ४ बाहुण्डागीका उज्वल अधिकारीको ५ कट्ठा, गीता अधिकारीको ३, लिलामाया गौतमको ३, ज्ञानबहादुर गुरुङको साढे ४ कट्ठा जमिनमा लगाएको […]

संकटमा मानव–वन्यजन्तु सह–अस्तित्व

१० वैशाख, काठमाडौं ।   वन्यजन्तुबाट मान्छे र मान्छेबाट वन्यजन्तु मारिने घटना नौला होइनन् । पाषण युगमा मानवको बसोबास नै अस्थायी थियो भने आहारको मुख्य आधार सिकार थियो । त्यसैले जनावरलाई मार्ने वा जनावरबाट बच्ने दुई उद्देश्यमा मान्छेले करिब २५ लाख वर्ष व्यतीत गरेको मानिन्छ । तर, करिब १० हजार वर्षअघि जब कृषि युग सुरू भयो, मान्छेले पशुपालन मात्र […]

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud