दिगो पर्यटनमा उदाहरणीय श्रीलंका, पाठ नसिक्ने नेपाल !

बहुमूल्य सम्पदालाई सस्तो गन्तव्य बनाएको नेपालले सगरमाथामा भीड देखाएको छ । तर, संरक्षणमा उदासिन देखिन्छ । यो सम्झिँदा दिगो पर्यटनप्रति नेपालको प्रयासमा धेरै प्रश्न उठिरह्यो ।

१५ असार, काठमाडौं । नेपालगञ्जबाट बझाङ, अछाम र मुगुमा नियमित उडान गर्ने वायुसेवा कम्पनीहरू जब वसन्त ऋतु प्रारम्भ हुन्छ, त्यसपछि लुक्ला उडानमा केन्द्रित हुन्छन् ।

नियमित उडान छाडेरै कम्पनीहरू लुक्लातिर झुम्मिन्छन् । कारण बझाङ, अछाम वा मुगुमा यात्रु नपाएर होइन, पूर्णसिट भरिएरै जहाज उड्दा पनि कम्पनीले लुक्ला रोज्नुको कारण ‘डलर फेयर’ हो ।

लुक्लामा पर्वतारोहण र पदयात्रा सिजनमा अधिक विदेशी यात्रु हुन्छन् । वायुसेवा कम्पनीले महँगो मूल्य असुल्न पाउँछन् । त्यो बेला उनीहरूले मुगु, अछाम र बझाङमा वर्षैभरि आफूलाई बिजनेस दिने नेपाली यात्रु बिर्सिन्छन् र डलर फेयरका लागि तँछाडमछाड गर्छन् । नियामक निकाय थाहा नपाए जस्तै बनिदिन्छ ।

गत जेठ तेस्रो साता अन्नपूर्ण प्रथम हिमालको पहिलो आरोहण भएको दिनको अवसर पारी नेपालस्थित विभिन्न देशका राजदूतलाई अन्नपूर्ण फेदीमा पदयात्रा गराइयो । त्यो पदयात्रामा सहभागी भई काठमाडौं आएका नेपालका लागि श्रीलंकाली राजदूत सुदर्शन पाथिरनाले सोही यात्राको एक रमाइलो किस्सा पंक्तिकारसहितको अनौपचारिक छलफलमा सुनाए ।


-

-

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud