Latest Posts

राष्ट्रपति पौडेल आगामी आइतबार अजरबैजान जाँदै

२१ कात्तिक, काठमाडौँ। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन राष्ट्रपति रामचन्द्र पौडेल आगामी आइतबार (२५ कात्तिकमा) अजरबैजान प्रस्थान गर्ने भएका छन् । २९औँ कोपमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उनी अजरबैजानको राजधानी बाकु जाने निधो भएको हो । अजरबैजानका समकक्षी इल्हम अलियभको निमन्त्रणामा पौडेल कोप सम्मेलनमा […]
Read more

जलवायु कूटनीतिको प्रभाव

शोभाकर पराजुली  ९ कात्तिक, काठमाडौँ।   अबको २ सातापछि अर्थात् नोभेम्बर ११ देखि एक अन्तरमहाद्विपीय राष्ट्र अजरबैजानमा विश्वका २ सयभन्दा बढी देशका राष्ट्र तथा सरकार प्रमुखहरूको महाभेला सुरू हुँदैछ । हरेक अंग्रेजी वर्षको अन्तिमतिर जुटेर संयुक्त राष्ट्रसंघका ‘पक्षधर’ राष्ट्र भेला भएर जलवायु परिवर्तनको सम्भावित महासंकटबाट जुध्नका लागि बचनबद्ध हुँदै आएका छन् । अजरबैजानको राजधानी बाकुमा संसारभरिका […]
Read more

बाढी प्रभावित बस्तीमा खानेपानी समस्या

१६ असोज, सर्लाही    अविरल वर्षापछिको बाढी तथा डुबानले सर्लाहीमा २ हजार ५ सय ३३ परिवार प्रभावित भएका छन् । लगातारको वर्षापछि वाग्मती नदी, लखन्देही, झिम, सोती, मनुस्मारालगायत खोलामा बाढी आएको थियो । बाढीले बाँध फुटाएर गाउँमा पसेपछि जिल्लाको दक्षिण पश्चिमका ८ वटा पालिका प्रभावित भएका हुन् । बाढी तथा डुबानमा परेर २ सय ९० […]
Read more

फोहोरबाट मोहोर

पर्वतको पैंयुँ गाउँपालिका–५स्थित चिसापानीमा निर्माण भएको फोहोरमैला संकलन केन्द्र । पालिकाले यहाँ संकलित फोहोरलाई कुहिने र नकुहिनेमा वर्गिकरण गरि प्रशोधन गरेर आम्दानी समेत गर्दै आएको छ । तस्बिरः रासस
Read more

पृथ्वी जोगाउने ऐक्यबद्धता

प्रेमप्रसाद ढकाल   १० असोज, काठमाडौं   केही वर्षअघिको भाइरस आतंकले तहसनहस पारेको समाज शान्त हुन नपाउँदै फेरि एकातिर गाँजा क्षेत्रमा इजरायल प्यालेस्टाइन युद्ध र अर्कोतिर रूस–युक्रेन युद्धको डरलाग्दो परिस्थितिले मानव समाजलाई त्रसित बनाइरहेको छ । छिनछिनमा आइरहने यस्ता अनेक खाले समस्याले विश्व सधैँ आतंकित बन्ने गरेको छ । बेरोजगारी बढेको छ । संसारभर जलवायु परिवर्तनको असरले […]
Read more
1 3 4 5 6 7 15

Trending News

Editor's Picks

पूर्वबाट चराको बसाइँसराइ

२९ असोज, सुनसरी। पूर्वी नेपालदेखि पश्चिम नेपालसम्मको तराई क्षेत्रमा आन्तरिक र बाह्य पानीचरा आउने क्रम सुरू भएको छ । हिमाली र पहाडी क्षेत्रबाट आएका चरा तराई क्षेत्रका सुनसरी, मोरङ, झापा, सप्तरी, उदयपुर र सिराहाका फाँट, जंगल र सिम क्षेत्रमा देखिन थालेका छन् । असोज लागेसँगै पहिलो सातादेखि आगन्तुक चरा आउने क्रम सुरू भएको हो । चराविज्ञ अनिश तिम्सिनाका […]

वन्यजन्तु नियन्त्रण गर्न स्वचालित बत्ती

२ असोज, कञ्चनपुर।   वन्यजन्तुलाई नियन्त्रण गर्न शुक्लाफाँटा नगरपालिमा सेन्सरयुक्त बत्ती जडान गरिएका छन् । शुक्लाफाँटा नगरपालिमा –७ मा ५८ स्वचालित बत्ती जडान गरिएको हो । यससँगै बस्तीमा पसेर क्षति गर्ने जंगली जनावर नियन्त्रणमा सहयोग पुगेको छ । तराई भू–परिधि तथा संरक्षण कार्यक्रमअन्तर्गत सुनदेवी उपभोक्ता समितिले शुक्लाफाँटा निकुञ्ज छेउछाउका बस्तीमा २९ पोलमा बत्ती जडान गरेको छ […]

जलवायु परिवर्तनले चौँरीपालन व्यवसाय संकटमा

१६ भदौ, सिन्धुपाल्चोक । यहाँका उच्च हिमालीमा गरिँदै आएको चौँरीपालन व्यवसाय अहिले संकटमा पर्न थालेको छ । ३ हजारदेखि ६ हजार मिटर उचाइको हावापानी भएको हिमाली खर्कमा वषौंँदेखि चल्दै आएका घुम्ती गोठ प्रणाली पछिल्लो समय क्रमशः घट्दै गएको छ । जलवायु परिवर्तनको असर चौँरीपालन देखिएको हो । वैदेशिक रोजगारमा युवाको आकर्षण बढ्नुका साथै चरन क्षेत्रमा […]

दुर्लभ वन्यजन्तु कृष्णसारको संख्या वृद्धि

३० साउन, कञ्चनपुर।   शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको संख्या बढ्न थालेको छ । एक दशकमा संख्या बढेर ३ सय १० पुगेको छ । भाले १ सय १७, पोथी १ सय ४३ र पाठापाठी ५० वटा छन् । वयस्क भाले ९३ र अर्धवयस्क भाले २४ छन् भने पोथीमा वयस्क ९९ र अर्धवयस्क ४४ छन् […]

हिमपहिरोको जोखिममा हुम्लाको हल्जीगाउँ

२७ असार, हुम्ला ।  चीनतर्फको हिमताल फुटेर हिमपहिरो जाँदा रसुवामा ठूलो क्षति भएपछि हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको लिमीको हल्जी गाउँवासी झस्किएका छन् । सो गाउँ माथि ठूल–ठूला हिमताल छन् । बेला बेला ती ताल फुटेर हिमपहिरो आइरहने भएकाले यतिबेला लिमीको हल्जीवासी झस्किएका हुन् । हल्जीगाउँकी डोमा तामाङले बर्खा पनि लाग्यो अब गाउँमाथि रहेका हिमताल फुटेर हिमपहिरो […]

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud