Latest Posts

तरकारी खाइसकेपछि मात्रै विषादी परीक्षण

२७ माघ, काठमाडौँ।   देशकै ठूलो तरकारी बजार कालीमाटीको विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशालाले तरकारी परीक्षणको रिपोर्ट उपभोक्ताले खाइसकेपछि मात्रै सार्वजनिक गर्ने गरेको छ । केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको उक्त प्रयोगशालाले बजारमा भित्रिएकामध्ये केही तरकारीको नमूना संकलन गरी परीक्षणको रिपोर्ट निस्किँदासम्म त्यो तरकारी उपभोक्ताले खाइसक्ने गरेको पाइएको हो । गत साता (२४ माघमा) सर्लाहीबाट कालीमाटी भित्रिएका गोलभेँडाको नमूना […]
Read more

उदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र

१२ पुस, उदयपुर।   कटारी नगरपालिका–५ स्थित सिसाघारी सिमसार तथा पर्यापर्यटन क्षेत्रमा वन्यजन्तु उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना गरिएको छ । डिभिजन वन कार्यालय त्रिवेणीको स्वीकृतिमा केन्द्र स्थापना गरिएको हो । पर्यटन क्षेत्र व्यवस्थापन समितिका संयोजक दीलबहादुर अधिकारीका अनुसार केन्द्रमा सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुरमा फेलापरेका घाइते वन्यजन्तुको उद्धार गरिएको छ । ‘अहिले पनि केन्द्रमा २ […]
Read more

हिउँदमा कर्णालीमा डल्फिन

२ पुस, धनगढी।   मनसुन अवधिभरि विभिन्न सहायक नदीमा देखापर्ने दुर्लभ डल्फिन हिउँदमा कर्णाली नदीमा देखा परिरहेका छन् । कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा करिब ८ वटा डल्फिन नियमित रूपमा देखा परिरहेको डल्फिन संरक्षणकर्मी भोजराज ढुंगानाले जानकारी दिए । उनका अनुसार समूहमा २÷३ वटासम्म डल्फिन सत्ती पुलभन्दा माथिसम्म पुग्ने गरेका छन् । डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण […]
Read more

बाढीले आरक्षका वन्यजन्तुमा क्षति

१२ कात्तिक, सुनसरी।   गत असोज दोस्रो हप्ता सप्तकोशी नदीमा आएको ५६ वर्षयताकै ठुलो बाढीले जंगल क्षेत्र बगाउँदा कोशीटप्पु वन्यजन्तु आरक्षमा ठुलो क्षति पु¥याएको छ । सप्तकोशी नदीको पश्चिमी क्षेत्रमा रहेको आरक्षको जंगलमा बाढी पस्दा चराचुरुङ्गी तथा वन्यजन्तु बगाएको छ । वन्यजन्तु तथा चराको वासस्थान बाढीले बगाउँदा ठुलो क्षति पुगेको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ । प्रारम्भिक खोजीबाट […]
Read more
1 2 3 4 5

Trending News

Editor's Picks

पूर्वबाट चराको बसाइँसराइ

२९ असोज, सुनसरी। पूर्वी नेपालदेखि पश्चिम नेपालसम्मको तराई क्षेत्रमा आन्तरिक र बाह्य पानीचरा आउने क्रम सुरू भएको छ । हिमाली र पहाडी क्षेत्रबाट आएका चरा तराई क्षेत्रका सुनसरी, मोरङ, झापा, सप्तरी, उदयपुर र सिराहाका फाँट, जंगल र सिम क्षेत्रमा देखिन थालेका छन् । असोज लागेसँगै पहिलो सातादेखि आगन्तुक चरा आउने क्रम सुरू भएको हो । चराविज्ञ अनिश तिम्सिनाका […]

वन्यजन्तु नियन्त्रण गर्न स्वचालित बत्ती

२ असोज, कञ्चनपुर।   वन्यजन्तुलाई नियन्त्रण गर्न शुक्लाफाँटा नगरपालिमा सेन्सरयुक्त बत्ती जडान गरिएका छन् । शुक्लाफाँटा नगरपालिमा –७ मा ५८ स्वचालित बत्ती जडान गरिएको हो । यससँगै बस्तीमा पसेर क्षति गर्ने जंगली जनावर नियन्त्रणमा सहयोग पुगेको छ । तराई भू–परिधि तथा संरक्षण कार्यक्रमअन्तर्गत सुनदेवी उपभोक्ता समितिले शुक्लाफाँटा निकुञ्ज छेउछाउका बस्तीमा २९ पोलमा बत्ती जडान गरेको छ […]

जलवायु परिवर्तनले चौँरीपालन व्यवसाय संकटमा

१६ भदौ, सिन्धुपाल्चोक । यहाँका उच्च हिमालीमा गरिँदै आएको चौँरीपालन व्यवसाय अहिले संकटमा पर्न थालेको छ । ३ हजारदेखि ६ हजार मिटर उचाइको हावापानी भएको हिमाली खर्कमा वषौंँदेखि चल्दै आएका घुम्ती गोठ प्रणाली पछिल्लो समय क्रमशः घट्दै गएको छ । जलवायु परिवर्तनको असर चौँरीपालन देखिएको हो । वैदेशिक रोजगारमा युवाको आकर्षण बढ्नुका साथै चरन क्षेत्रमा […]

दुर्लभ वन्यजन्तु कृष्णसारको संख्या वृद्धि

३० साउन, कञ्चनपुर।   शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको संख्या बढ्न थालेको छ । एक दशकमा संख्या बढेर ३ सय १० पुगेको छ । भाले १ सय १७, पोथी १ सय ४३ र पाठापाठी ५० वटा छन् । वयस्क भाले ९३ र अर्धवयस्क भाले २४ छन् भने पोथीमा वयस्क ९९ र अर्धवयस्क ४४ छन् […]

हिमपहिरोको जोखिममा हुम्लाको हल्जीगाउँ

२७ असार, हुम्ला ।  चीनतर्फको हिमताल फुटेर हिमपहिरो जाँदा रसुवामा ठूलो क्षति भएपछि हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको लिमीको हल्जी गाउँवासी झस्किएका छन् । सो गाउँ माथि ठूल–ठूला हिमताल छन् । बेला बेला ती ताल फुटेर हिमपहिरो आइरहने भएकाले यतिबेला लिमीको हल्जीवासी झस्किएका हुन् । हल्जीगाउँकी डोमा तामाङले बर्खा पनि लाग्यो अब गाउँमाथि रहेका हिमताल फुटेर हिमपहिरो […]

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud