Latest Posts

संरक्षित क्षेत्र बाहिर देखिन थाले राज लाहाँचे

५ मंसिर, कैलाली। नेपालमा प्रायः संरक्षित क्षेत्रमा पाइने दुर्लभ राज लाहाँचे चरा संरक्षित क्षेत्रभन्दा बाहिर देखिन थालेका छन् । कैलालीको घोडाघोडी ताल, वसन्ता वनको रामपुरस्थित भावर क्षेत्र, रखौना ताल, जम्नेह्टा क्षेत्र र कञ्चनपुरको लालझाडी करिडोर लगायतका क्षेत्रमा यो प्रजातिका चरा पाइन थालेका छन् । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसीएन)ले राज लाहाँचेलाई विश्वमै लोपको संघारमा पुगेको […]
Read more

रूख काट्न वन मन्त्रालयले माग्यो सहमति

३० कात्तिक, नवलपुर।  कावासोतीमा बन्ने भनिएको नमूना सदरमुकाम निर्माण स्थलमा भएका रूख काट्न वन तथा वातावरण मन्त्रालयले फेरि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहमति मागेको छ । उक्त जग्गामा रहेका रूख हटाउन वनले भूमि व्यवस्था मन्त्रालयको सहमति माग गर्दै पत्राचार गरेको हो । वन मन्त्रालयले गत असोज १६ गते नमुना सदरमुकाम निर्माण गरिने […]
Read more

प्रशान्त महासागरमा भेटियो विशाल मुँगा

२९ कात्तिक, एजेन्सी। प्रशान्त महासागरमा अहिलेसम्मकै सबैभन्दा ठूलो मुँगा फेला परेको छ । सो महासागरको दक्षिण पश्चिम भेगमा ससाना मुँगाहरू जोडिएर बनेको यो मुँगालाई वैज्ञानिकहरूले यसअघिको भन्दा ठूलो मानेका छन् । ३ सय वर्षभन्दा पुरानो मानिएको यो मुँगा वयस्क ‘ब्लू ह्वेल’ भन्दा ठूलो छ । उक्त मुँगा ३२ मिटर लामो, ३४ मिटर चौडा र ५.५ […]
Read more

हिमाल सुरक्षित भए पृथ्वीको सुरक्षाः राष्ट्रपति पौडेल

२७ कात्तिक, अजरबैजान। राष्ट्रपति रामचन्द्र पौडेलले हिमालको सुरक्षा भएमा पृथ्वीको सुरक्षा हुने कुरा ख्याल गर्न विश्व समुदायको ध्यानाकर्षण गराएका छन् । अजरबैजानको बाकुमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)लाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । विश्वका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरू सहभागी उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै पौडेलले […]
Read more

बाढीले बगर बन्यो गोटीखेल बजार

२५ कात्तिक, ललितपुर। दक्षिणपूर्वी ललितपुरको केन्द्र गोटीखेल बजार बगर बनेको छ । गत असोज ११ र १२ गते टुंगुन र धामीखोला बाढीले बजारलाई बगरमा परिणत गरेको हो । जिल्लाका विभिन्न भागमा बाढीपहिरोबाट ६ अर्ब रूपैयाँ बराबरको भौतिक क्षति भएको महांकाल गाउँपालिका–३ का अध्यक्ष मनोजकुमार पराजुलीले बताए । उक्त रकम बराबरको क्षति सार्वजनिक र निजी संरचनामा […]
Read more

राष्ट्रपति पौडेल आगामी आइतबार अजरबैजान जाँदै

२१ कात्तिक, काठमाडौँ। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन राष्ट्रपति रामचन्द्र पौडेल आगामी आइतबार (२५ कात्तिकमा) अजरबैजान प्रस्थान गर्ने भएका छन् । २९औँ कोपमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उनी अजरबैजानको राजधानी बाकु जाने निधो भएको हो । अजरबैजानका समकक्षी इल्हम अलियभको निमन्त्रणामा पौडेल कोप सम्मेलनमा […]
Read more
1 2 3 4 5 6 10

Trending News

Editor's Picks

जलवायु परिवर्तनले चौँरीपालन व्यवसाय संकटमा

१६ भदौ, सिन्धुपाल्चोक । यहाँका उच्च हिमालीमा गरिँदै आएको चौँरीपालन व्यवसाय अहिले संकटमा पर्न थालेको छ । ३ हजारदेखि ६ हजार मिटर उचाइको हावापानी भएको हिमाली खर्कमा वषौंँदेखि चल्दै आएका घुम्ती गोठ प्रणाली पछिल्लो समय क्रमशः घट्दै गएको छ । जलवायु परिवर्तनको असर चौँरीपालन देखिएको हो । वैदेशिक रोजगारमा युवाको आकर्षण बढ्नुका साथै चरन क्षेत्रमा […]

दुर्लभ वन्यजन्तु कृष्णसारको संख्या वृद्धि

३० साउन, कञ्चनपुर।   शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको संख्या बढ्न थालेको छ । एक दशकमा संख्या बढेर ३ सय १० पुगेको छ । भाले १ सय १७, पोथी १ सय ४३ र पाठापाठी ५० वटा छन् । वयस्क भाले ९३ र अर्धवयस्क भाले २४ छन् भने पोथीमा वयस्क ९९ र अर्धवयस्क ४४ छन् […]

हिमपहिरोको जोखिममा हुम्लाको हल्जीगाउँ

२७ असार, हुम्ला ।  चीनतर्फको हिमताल फुटेर हिमपहिरो जाँदा रसुवामा ठूलो क्षति भएपछि हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको लिमीको हल्जी गाउँवासी झस्किएका छन् । सो गाउँ माथि ठूल–ठूला हिमताल छन् । बेला बेला ती ताल फुटेर हिमपहिरो आइरहने भएकाले यतिबेला लिमीको हल्जीवासी झस्किएका हुन् । हल्जीगाउँकी डोमा तामाङले बर्खा पनि लाग्यो अब गाउँमाथि रहेका हिमताल फुटेर हिमपहिरो […]

रेडपान्डा जोगाउन वनमै सिसी क्यामेरा

५ असार, भोजपुर । लोपउन्मुख वन्यजन्तु रेड पान्डा (हाब्रे) संरक्षणका लागि यहाँका विभिन्न सामुदायिक वनमा सिसी क्यामेरा जडान गरिएको छ । रेड पान्डा पाइने स्थान छनोट पश्चात ४८ वटा क्यामेरा जडान गरिएको हो । ४ वटा सामुदायिक वनमा क्यामेरा जडान गरेर रेड पान्डाबारे जानकारी लिने काम भइरहेको रेड पान्डा नेटवर्कले जनाएको छ । टेम्केमैयुङ–१ सावाको […]

गुलमोहरले जित्न थाल्यो मन

५ जेठ, झापा । बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थितसडक किनारमा ढकमक्क फुलेका गुलमोहर हिजो–आज दुलहीझैँ देखिन्छन् । झापा–इलाम खडकखण्डमा ढपक्कै भएका गुलमोहरले दैनिक हजारौँलाई लोभ्याइरहेको छ । गुलमोहरलाई साक्षी बनाएर साथी भाइ, दम्पत्ति, प्रेमी प्रेमिका, व्यक्तिगत अनि घरपरिवारको फोटो÷सेल्फी लिनेहरूको घुइँचो दैनिक लाग्छ । टिकटक बनाउने र भिडियो खिच्न हत्तै गर्नेहरू पनि उत्तिकै हुन्छन् । गाउँपालिकाका अध्यक्ष […]

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud