Latest Posts

ढोरपाटनमा सुरू भयो सिकार याम

१७ चैत, बागलुङ। नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरू भएको छ । दोस्रो याममा १३ नाउर, १० झारल र १२ वटा बँदेलसहित ३५ वटा वन्यजन्तुको सिकार हुने छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत १५ माघमा सिकारका लागि बोलपत्र आह्वान गरेको थियो ।दोस्रो याममा सिकार खेल्न हिमालयन वाइल्डलाइफ […]
Read more

मुस्ताङमा हिउँ चितुवाको अनुगमन

१२ चैत, मुस्ताङ । उपल्लो मुस्ताङका विभिन्न ३ स्थानमा ‘क्यामेरा ट्यापिङ’ का माध्यमबाट हिउँचितुवाको अनुगमन सुरू भएको छ । मानव र हिउँ चितुवाबीचको द्वन्द्व बढेपछि यो जन्तुको को अवस्थिति अनुगमन गर्न क्यामेरा ट्यापिङ थालिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार उपल्लो मुस्ताङका वारागुङ मुक्तिक्षेत्र–३ समर आसपासमा १२ वटा, लोमान्थाङको थुर्लुङफाँट […]
Read more

बजेट अभावमा रोकियो गैँडा गणना

१ चैत, काठमाडौँ।   हरेक ५ वर्षमा हुँदै आएको गैँडा गणना आर्थिक अभावका कारण यो वर्ष नहुने भएको छ । दाताहरूको सहयोगमा गणना हुँदै आएकामा यस वर्ष सहायता नपाएपछि गणनाकार्य प्रभावित बनेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले बताए । सरकारले गैँडाको नियमित अभिलेख राख्न बजेटको व्यवस्था गरेको छैन । यस वर्ष गणना […]
Read more

रेस्टुरेन्टमा रमाए गिद्ध

८ फागुन, नवलपरासी।   कावासोती नगरपालिकाको पिठौलीमा स्थापना गरिएको जटायु रेस्टुरेन्टमा रमाउन आउने गिद्धको संख्या बढ्दै गएको छ । यो समय गिद्ध घुम्ने मौसम भएकाले रेस्टुरेन्टमा गिद्धको संख्या बढ्दै गएको रेस्टुरेन्ट व्यवस्थापन समितिका अध्यक्ष डिबी चौधरीले बताए । आहारविहारको राम्रो व्यवस्थापन भएकाले हरेक वर्ष मंसिरदेखि वैशाखसम्म यहाँ गिद्ध यहाँ रमाउन आउने उनको भनाइ छ । ‘एक वर्षयता मात्रै […]
Read more

तरकारी खाइसकेपछि मात्रै विषादी परीक्षण

२७ माघ, काठमाडौँ।   देशकै ठूलो तरकारी बजार कालीमाटीको विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशालाले तरकारी परीक्षणको रिपोर्ट उपभोक्ताले खाइसकेपछि मात्रै सार्वजनिक गर्ने गरेको छ । केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको उक्त प्रयोगशालाले बजारमा भित्रिएकामध्ये केही तरकारीको नमूना संकलन गरी परीक्षणको रिपोर्ट निस्किँदासम्म त्यो तरकारी उपभोक्ताले खाइसक्ने गरेको पाइएको हो । गत साता (२४ माघमा) सर्लाहीबाट कालीमाटी भित्रिएका गोलभेँडाको नमूना […]
Read more

गिद्धका गुँड जोगाउँदै रूख काटिने

६ माघ, नवलपुर।   कावासोतीमा बनाउने भनिएको नमुना सदरमुकाम निर्माण स्थलमा रहेका रूखमध्ये पहिलो चरणमा ४७ वटा मात्र काटिने भएको छ । डिभिजन वन कार्यालय नवलपुरले पहिलो चरणमा कटान हुने भनिएका ४९ मध्ये ४७ वटा रूख छपान गरेको छ । छपान गरिएका रूख मध्ये ४१ वटा सिसौ, ३ वटा सिमल, एउटा करम छन् । कटान गरिने […]
Read more
1 2 3 4

Trending News

Editor's Picks

जलवायु परिवर्तनले चौँरीपालन व्यवसाय संकटमा

१६ भदौ, सिन्धुपाल्चोक । यहाँका उच्च हिमालीमा गरिँदै आएको चौँरीपालन व्यवसाय अहिले संकटमा पर्न थालेको छ । ३ हजारदेखि ६ हजार मिटर उचाइको हावापानी भएको हिमाली खर्कमा वषौंँदेखि चल्दै आएका घुम्ती गोठ प्रणाली पछिल्लो समय क्रमशः घट्दै गएको छ । जलवायु परिवर्तनको असर चौँरीपालन देखिएको हो । वैदेशिक रोजगारमा युवाको आकर्षण बढ्नुका साथै चरन क्षेत्रमा […]

दुर्लभ वन्यजन्तु कृष्णसारको संख्या वृद्धि

३० साउन, कञ्चनपुर।   शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको संख्या बढ्न थालेको छ । एक दशकमा संख्या बढेर ३ सय १० पुगेको छ । भाले १ सय १७, पोथी १ सय ४३ र पाठापाठी ५० वटा छन् । वयस्क भाले ९३ र अर्धवयस्क भाले २४ छन् भने पोथीमा वयस्क ९९ र अर्धवयस्क ४४ छन् […]

हिमपहिरोको जोखिममा हुम्लाको हल्जीगाउँ

२७ असार, हुम्ला ।  चीनतर्फको हिमताल फुटेर हिमपहिरो जाँदा रसुवामा ठूलो क्षति भएपछि हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको लिमीको हल्जी गाउँवासी झस्किएका छन् । सो गाउँ माथि ठूल–ठूला हिमताल छन् । बेला बेला ती ताल फुटेर हिमपहिरो आइरहने भएकाले यतिबेला लिमीको हल्जीवासी झस्किएका हुन् । हल्जीगाउँकी डोमा तामाङले बर्खा पनि लाग्यो अब गाउँमाथि रहेका हिमताल फुटेर हिमपहिरो […]

रेडपान्डा जोगाउन वनमै सिसी क्यामेरा

५ असार, भोजपुर । लोपउन्मुख वन्यजन्तु रेड पान्डा (हाब्रे) संरक्षणका लागि यहाँका विभिन्न सामुदायिक वनमा सिसी क्यामेरा जडान गरिएको छ । रेड पान्डा पाइने स्थान छनोट पश्चात ४८ वटा क्यामेरा जडान गरिएको हो । ४ वटा सामुदायिक वनमा क्यामेरा जडान गरेर रेड पान्डाबारे जानकारी लिने काम भइरहेको रेड पान्डा नेटवर्कले जनाएको छ । टेम्केमैयुङ–१ सावाको […]

गुलमोहरले जित्न थाल्यो मन

५ जेठ, झापा । बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थितसडक किनारमा ढकमक्क फुलेका गुलमोहर हिजो–आज दुलहीझैँ देखिन्छन् । झापा–इलाम खडकखण्डमा ढपक्कै भएका गुलमोहरले दैनिक हजारौँलाई लोभ्याइरहेको छ । गुलमोहरलाई साक्षी बनाएर साथी भाइ, दम्पत्ति, प्रेमी प्रेमिका, व्यक्तिगत अनि घरपरिवारको फोटो÷सेल्फी लिनेहरूको घुइँचो दैनिक लाग्छ । टिकटक बनाउने र भिडियो खिच्न हत्तै गर्नेहरू पनि उत्तिकै हुन्छन् । गाउँपालिकाका अध्यक्ष […]

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud