Latest Posts

तरकारी खाइसकेपछि मात्रै विषादी परीक्षण

२७ माघ, काठमाडौँ।   देशकै ठूलो तरकारी बजार कालीमाटीको विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशालाले तरकारी परीक्षणको रिपोर्ट उपभोक्ताले खाइसकेपछि मात्रै सार्वजनिक गर्ने गरेको छ । केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको उक्त प्रयोगशालाले बजारमा भित्रिएकामध्ये केही तरकारीको नमूना संकलन गरी परीक्षणको रिपोर्ट निस्किँदासम्म त्यो तरकारी उपभोक्ताले खाइसक्ने गरेको पाइएको हो । गत साता (२४ माघमा) सर्लाहीबाट कालीमाटी भित्रिएका गोलभेँडाको नमूना […]
Read more

गिद्धका गुँड जोगाउँदै रूख काटिने

६ माघ, नवलपुर।   कावासोतीमा बनाउने भनिएको नमुना सदरमुकाम निर्माण स्थलमा रहेका रूखमध्ये पहिलो चरणमा ४७ वटा मात्र काटिने भएको छ । डिभिजन वन कार्यालय नवलपुरले पहिलो चरणमा कटान हुने भनिएका ४९ मध्ये ४७ वटा रूख छपान गरेको छ । छपान गरिएका रूख मध्ये ४१ वटा सिसौ, ३ वटा सिमल, एउटा करम छन् । कटान गरिने […]
Read more

चल्यो शीतलहर, बढ्यो दाउराको माग

२२ पुस, धनुषा।   मधेश प्रदेशका जिल्लाहरूमा शीतलहर चल्दा अत्यधिक चिसो बढेको छ । बिहानबेलुका बाक्लो हुस्सु, शीतलहर चलेपछि चिसोबाट जोगिन स्थानीयले दाउराको माग गर्न थालेका छन् । पर्सामा विगत एक सातादेखि बाक्लो हुस्सु र चिसो सिरेटो चल्दा जनजीवन कष्टकर हुँदै गएको छ । चिसोबाट बालबालिका, वृद्धवृद्धा र दैनिक ज्यालादारी गरी जीवनयापन गर्नेहरू बढी प्रभावित भएका छन् । घाम नलाग्दा […]
Read more

हिउँदमा कर्णालीमा डल्फिन

२ पुस, धनगढी।   मनसुन अवधिभरि विभिन्न सहायक नदीमा देखापर्ने दुर्लभ डल्फिन हिउँदमा कर्णाली नदीमा देखा परिरहेका छन् । कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा करिब ८ वटा डल्फिन नियमित रूपमा देखा परिरहेको डल्फिन संरक्षणकर्मी भोजराज ढुंगानाले जानकारी दिए । उनका अनुसार समूहमा २÷३ वटासम्म डल्फिन सत्ती पुलभन्दा माथिसम्म पुग्ने गरेका छन् । डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण […]
Read more

संरक्षित क्षेत्र बाहिर देखिन थाले राज लाहाँचे

५ मंसिर, कैलाली। नेपालमा प्रायः संरक्षित क्षेत्रमा पाइने दुर्लभ राज लाहाँचे चरा संरक्षित क्षेत्रभन्दा बाहिर देखिन थालेका छन् । कैलालीको घोडाघोडी ताल, वसन्ता वनको रामपुरस्थित भावर क्षेत्र, रखौना ताल, जम्नेह्टा क्षेत्र र कञ्चनपुरको लालझाडी करिडोर लगायतका क्षेत्रमा यो प्रजातिका चरा पाइन थालेका छन् । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसीएन)ले राज लाहाँचेलाई विश्वमै लोपको संघारमा पुगेको […]
Read more

रूख काट्न वन मन्त्रालयले माग्यो सहमति

३० कात्तिक, नवलपुर।  कावासोतीमा बन्ने भनिएको नमूना सदरमुकाम निर्माण स्थलमा भएका रूख काट्न वन तथा वातावरण मन्त्रालयले फेरि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहमति मागेको छ । उक्त जग्गामा रहेका रूख हटाउन वनले भूमि व्यवस्था मन्त्रालयको सहमति माग गर्दै पत्राचार गरेको हो । वन मन्त्रालयले गत असोज १६ गते नमुना सदरमुकाम निर्माण गरिने […]
Read more
1 2 3 4 7

Trending News

Editor's Picks

जलवायु परिवर्तनले चौँरीपालन व्यवसाय संकटमा

१६ भदौ, सिन्धुपाल्चोक । यहाँका उच्च हिमालीमा गरिँदै आएको चौँरीपालन व्यवसाय अहिले संकटमा पर्न थालेको छ । ३ हजारदेखि ६ हजार मिटर उचाइको हावापानी भएको हिमाली खर्कमा वषौंँदेखि चल्दै आएका घुम्ती गोठ प्रणाली पछिल्लो समय क्रमशः घट्दै गएको छ । जलवायु परिवर्तनको असर चौँरीपालन देखिएको हो । वैदेशिक रोजगारमा युवाको आकर्षण बढ्नुका साथै चरन क्षेत्रमा […]

दुर्लभ वन्यजन्तु कृष्णसारको संख्या वृद्धि

३० साउन, कञ्चनपुर।   शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको संख्या बढ्न थालेको छ । एक दशकमा संख्या बढेर ३ सय १० पुगेको छ । भाले १ सय १७, पोथी १ सय ४३ र पाठापाठी ५० वटा छन् । वयस्क भाले ९३ र अर्धवयस्क भाले २४ छन् भने पोथीमा वयस्क ९९ र अर्धवयस्क ४४ छन् […]

हिमपहिरोको जोखिममा हुम्लाको हल्जीगाउँ

२७ असार, हुम्ला ।  चीनतर्फको हिमताल फुटेर हिमपहिरो जाँदा रसुवामा ठूलो क्षति भएपछि हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको लिमीको हल्जी गाउँवासी झस्किएका छन् । सो गाउँ माथि ठूल–ठूला हिमताल छन् । बेला बेला ती ताल फुटेर हिमपहिरो आइरहने भएकाले यतिबेला लिमीको हल्जीवासी झस्किएका हुन् । हल्जीगाउँकी डोमा तामाङले बर्खा पनि लाग्यो अब गाउँमाथि रहेका हिमताल फुटेर हिमपहिरो […]

रेडपान्डा जोगाउन वनमै सिसी क्यामेरा

५ असार, भोजपुर । लोपउन्मुख वन्यजन्तु रेड पान्डा (हाब्रे) संरक्षणका लागि यहाँका विभिन्न सामुदायिक वनमा सिसी क्यामेरा जडान गरिएको छ । रेड पान्डा पाइने स्थान छनोट पश्चात ४८ वटा क्यामेरा जडान गरिएको हो । ४ वटा सामुदायिक वनमा क्यामेरा जडान गरेर रेड पान्डाबारे जानकारी लिने काम भइरहेको रेड पान्डा नेटवर्कले जनाएको छ । टेम्केमैयुङ–१ सावाको […]

गुलमोहरले जित्न थाल्यो मन

५ जेठ, झापा । बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थितसडक किनारमा ढकमक्क फुलेका गुलमोहर हिजो–आज दुलहीझैँ देखिन्छन् । झापा–इलाम खडकखण्डमा ढपक्कै भएका गुलमोहरले दैनिक हजारौँलाई लोभ्याइरहेको छ । गुलमोहरलाई साक्षी बनाएर साथी भाइ, दम्पत्ति, प्रेमी प्रेमिका, व्यक्तिगत अनि घरपरिवारको फोटो÷सेल्फी लिनेहरूको घुइँचो दैनिक लाग्छ । टिकटक बनाउने र भिडियो खिच्न हत्तै गर्नेहरू पनि उत्तिकै हुन्छन् । गाउँपालिकाका अध्यक्ष […]

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud