Latest Posts

रूख काट्न वन मन्त्रालयले माग्यो सहमति

३० कात्तिक, नवलपुर।  कावासोतीमा बन्ने भनिएको नमूना सदरमुकाम निर्माण स्थलमा भएका रूख काट्न वन तथा वातावरण मन्त्रालयले फेरि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहमति मागेको छ । उक्त जग्गामा रहेका रूख हटाउन वनले भूमि व्यवस्था मन्त्रालयको सहमति माग गर्दै पत्राचार गरेको हो । वन मन्त्रालयले गत असोज १६ गते नमुना सदरमुकाम निर्माण गरिने […]
Read more

बाढीले बगर बन्यो गोटीखेल बजार

२५ कात्तिक, ललितपुर। दक्षिणपूर्वी ललितपुरको केन्द्र गोटीखेल बजार बगर बनेको छ । गत असोज ११ र १२ गते टुंगुन र धामीखोला बाढीले बजारलाई बगरमा परिणत गरेको हो । जिल्लाका विभिन्न भागमा बाढीपहिरोबाट ६ अर्ब रूपैयाँ बराबरको भौतिक क्षति भएको महांकाल गाउँपालिका–३ का अध्यक्ष मनोजकुमार पराजुलीले बताए । उक्त रकम बराबरको क्षति सार्वजनिक र निजी संरचनामा […]
Read more

बाढीले आरक्षका वन्यजन्तुमा क्षति

१२ कात्तिक, सुनसरी।   गत असोज दोस्रो हप्ता सप्तकोशी नदीमा आएको ५६ वर्षयताकै ठुलो बाढीले जंगल क्षेत्र बगाउँदा कोशीटप्पु वन्यजन्तु आरक्षमा ठुलो क्षति पु¥याएको छ । सप्तकोशी नदीको पश्चिमी क्षेत्रमा रहेको आरक्षको जंगलमा बाढी पस्दा चराचुरुङ्गी तथा वन्यजन्तु बगाएको छ । वन्यजन्तु तथा चराको वासस्थान बाढीले बगाउँदा ठुलो क्षति पुगेको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ । प्रारम्भिक खोजीबाट […]
Read more

उद्धार ढिलो, मर्छन् वन्यजन्तु

५ कात्तिक, कैलाली ।   गत बुधबार बिहान (३० असोजमा) कैलालीको जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र पासोमा परेको अवस्थामा चितुवा फेला प-यो । उद्धार टोलीलाई खबर पनि गरियो । टोली आइपुग्न ६ घण्टा लाग्यो । उद्धारको केही घण्टामै चितुवाको मृत्यु भयो । १७ चैत २०७८मा घोडाघोडी नगरपालिका–१० तुल्सीपुर सामुदायिक वनमा पासोमा परेको चितुवाको उद्धार नहुँदै […]
Read more

बाढी प्रभावित बस्तीमा खानेपानी समस्या

१६ असोज, सर्लाही    अविरल वर्षापछिको बाढी तथा डुबानले सर्लाहीमा २ हजार ५ सय ३३ परिवार प्रभावित भएका छन् । लगातारको वर्षापछि वाग्मती नदी, लखन्देही, झिम, सोती, मनुस्मारालगायत खोलामा बाढी आएको थियो । बाढीले बाँध फुटाएर गाउँमा पसेपछि जिल्लाको दक्षिण पश्चिमका ८ वटा पालिका प्रभावित भएका हुन् । बाढी तथा डुबानमा परेर २ सय ९० […]
Read more

फोहोरबाट मोहोर

पर्वतको पैंयुँ गाउँपालिका–५स्थित चिसापानीमा निर्माण भएको फोहोरमैला संकलन केन्द्र । पालिकाले यहाँ संकलित फोहोरलाई कुहिने र नकुहिनेमा वर्गिकरण गरि प्रशोधन गरेर आम्दानी समेत गर्दै आएको छ । तस्बिरः रासस
Read more
1 2 3 4 5 7

Trending News

Editor's Picks

पूर्वबाट चराको बसाइँसराइ

२९ असोज, सुनसरी। पूर्वी नेपालदेखि पश्चिम नेपालसम्मको तराई क्षेत्रमा आन्तरिक र बाह्य पानीचरा आउने क्रम सुरू भएको छ । हिमाली र पहाडी क्षेत्रबाट आएका चरा तराई क्षेत्रका सुनसरी, मोरङ, झापा, सप्तरी, उदयपुर र सिराहाका फाँट, जंगल र सिम क्षेत्रमा देखिन थालेका छन् । असोज लागेसँगै पहिलो सातादेखि आगन्तुक चरा आउने क्रम सुरू भएको हो । चराविज्ञ अनिश तिम्सिनाका […]

वन्यजन्तु नियन्त्रण गर्न स्वचालित बत्ती

२ असोज, कञ्चनपुर।   वन्यजन्तुलाई नियन्त्रण गर्न शुक्लाफाँटा नगरपालिमा सेन्सरयुक्त बत्ती जडान गरिएका छन् । शुक्लाफाँटा नगरपालिमा –७ मा ५८ स्वचालित बत्ती जडान गरिएको हो । यससँगै बस्तीमा पसेर क्षति गर्ने जंगली जनावर नियन्त्रणमा सहयोग पुगेको छ । तराई भू–परिधि तथा संरक्षण कार्यक्रमअन्तर्गत सुनदेवी उपभोक्ता समितिले शुक्लाफाँटा निकुञ्ज छेउछाउका बस्तीमा २९ पोलमा बत्ती जडान गरेको छ […]

जलवायु परिवर्तनले चौँरीपालन व्यवसाय संकटमा

१६ भदौ, सिन्धुपाल्चोक । यहाँका उच्च हिमालीमा गरिँदै आएको चौँरीपालन व्यवसाय अहिले संकटमा पर्न थालेको छ । ३ हजारदेखि ६ हजार मिटर उचाइको हावापानी भएको हिमाली खर्कमा वषौंँदेखि चल्दै आएका घुम्ती गोठ प्रणाली पछिल्लो समय क्रमशः घट्दै गएको छ । जलवायु परिवर्तनको असर चौँरीपालन देखिएको हो । वैदेशिक रोजगारमा युवाको आकर्षण बढ्नुका साथै चरन क्षेत्रमा […]

दुर्लभ वन्यजन्तु कृष्णसारको संख्या वृद्धि

३० साउन, कञ्चनपुर।   शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको संख्या बढ्न थालेको छ । एक दशकमा संख्या बढेर ३ सय १० पुगेको छ । भाले १ सय १७, पोथी १ सय ४३ र पाठापाठी ५० वटा छन् । वयस्क भाले ९३ र अर्धवयस्क भाले २४ छन् भने पोथीमा वयस्क ९९ र अर्धवयस्क ४४ छन् […]

हिमपहिरोको जोखिममा हुम्लाको हल्जीगाउँ

२७ असार, हुम्ला ।  चीनतर्फको हिमताल फुटेर हिमपहिरो जाँदा रसुवामा ठूलो क्षति भएपछि हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको लिमीको हल्जी गाउँवासी झस्किएका छन् । सो गाउँ माथि ठूल–ठूला हिमताल छन् । बेला बेला ती ताल फुटेर हिमपहिरो आइरहने भएकाले यतिबेला लिमीको हल्जीवासी झस्किएका हुन् । हल्जीगाउँकी डोमा तामाङले बर्खा पनि लाग्यो अब गाउँमाथि रहेका हिमताल फुटेर हिमपहिरो […]

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud