Latest Posts

प्रशान्त महासागरमा भेटियो विशाल मुँगा

२९ कात्तिक, एजेन्सी। प्रशान्त महासागरमा अहिलेसम्मकै सबैभन्दा ठूलो मुँगा फेला परेको छ । सो महासागरको दक्षिण पश्चिम भेगमा ससाना मुँगाहरू जोडिएर बनेको यो मुँगालाई वैज्ञानिकहरूले यसअघिको भन्दा ठूलो मानेका छन् । ३ सय वर्षभन्दा पुरानो मानिएको यो मुँगा वयस्क ‘ब्लू ह्वेल’ भन्दा ठूलो छ । उक्त मुँगा ३२ मिटर लामो, ३४ मिटर चौडा र ५.५ […]
Read more

पृथ्वी जोगाउने ऐक्यबद्धता

प्रेमप्रसाद ढकाल   १० असोज, काठमाडौं   केही वर्षअघिको भाइरस आतंकले तहसनहस पारेको समाज शान्त हुन नपाउँदै फेरि एकातिर गाँजा क्षेत्रमा इजरायल प्यालेस्टाइन युद्ध र अर्कोतिर रूस–युक्रेन युद्धको डरलाग्दो परिस्थितिले मानव समाजलाई त्रसित बनाइरहेको छ । छिनछिनमा आइरहने यस्ता अनेक खाले समस्याले विश्व सधैँ आतंकित बन्ने गरेको छ । बेरोजगारी बढेको छ । संसारभर जलवायु परिवर्तनको असरले […]
Read more

यागीले म्यानमामा २ सय भन्दा बढीको मृत्यु

२ असोज, काठमाडौं   ‘यागी’ नामक आँधीको प्रभावले म्यानमा ठुलो जनधनको क्षति भएको छ । भीषण वर्षासँगैको बाढीमा २ सय २० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ८० भन्दा बढी व्यक्ति वेपत्ता छन् । वर्षा र बाढीले म्यानमारको जनजीवन तहसनहस भएको त्यहाँको सैनिक सरकारले जनाएको छ । यागी यस वर्ष एसियाको सबैभन्दा शक्तिशाली आँधी हो […]
Read more

यागी आँधी प्रभावः म्यान्मामा बढ्यो, भियतनाममा घट्यो

२८ भदौ, काठमाडौं   यागी नाम दिइएको चक्रवातको प्रभाव भियतनाममा कम हुन थालेको छ भने म्यान्माका कैयौँ क्षेत्रमा वृद्धि भएको छ । उत्तरी भियतनाम, लाओस, थाइल्यान्ड र म्यान्मा क्षेत्रहरूमा यागीको कारण बाढी र पहिरोले विपत्ती निम्त्याएको छ । यागीका कारण प्रभावित देशहरूमा मृत्यु हुनेको संख्या २ सय ८० पुगेको छ । जसमध्ये भियतनाममा मात्र २ सय […]
Read more

शक्तिशाली यागीले भियतनाममा ६० जनाभन्दा बढीको मृत्यु

२५ भदौ, काठमाडौं   ‘यागी’ नामक शक्तिशाली आँधीले भियतनाममा ६० जनाभन्दा बढीको मृत्यु भएको छ । उत्तरी भियतनामको फुथोक प्रान्तस्थित फोङचाउ पुल भत्किएर सवारी साधनहरू रेड नदीमा खस्दा कम्तिमा १३ जना बेपत्ता छन् । २ सय ५० हाराहारी व्यक्ति घाइते छन् । ठाउँ–ठाउँमा बाढी र पहिरोले सडक अवरुद्ध भएपछि विद्यालयहरू बन्द गरिएका छन् । विद्युत आपूर्ति […]
Read more

ठुलो संख्यामा माछा मरेपछि ग्रिसमा संकटकाल

मध्य ग्रीसको बन्दरगाह सहर भोलोसमा ठुलो संख्यामा माछा मरेपछि सरकारले नदी सरसफाईका लागि संकटकालको घोषणा गरेको छ ।
Read more
1 2

Trending News

Editor's Picks

पूर्वबाट चराको बसाइँसराइ

२९ असोज, सुनसरी। पूर्वी नेपालदेखि पश्चिम नेपालसम्मको तराई क्षेत्रमा आन्तरिक र बाह्य पानीचरा आउने क्रम सुरू भएको छ । हिमाली र पहाडी क्षेत्रबाट आएका चरा तराई क्षेत्रका सुनसरी, मोरङ, झापा, सप्तरी, उदयपुर र सिराहाका फाँट, जंगल र सिम क्षेत्रमा देखिन थालेका छन् । असोज लागेसँगै पहिलो सातादेखि आगन्तुक चरा आउने क्रम सुरू भएको हो । चराविज्ञ अनिश तिम्सिनाका […]

वन्यजन्तु नियन्त्रण गर्न स्वचालित बत्ती

२ असोज, कञ्चनपुर।   वन्यजन्तुलाई नियन्त्रण गर्न शुक्लाफाँटा नगरपालिमा सेन्सरयुक्त बत्ती जडान गरिएका छन् । शुक्लाफाँटा नगरपालिमा –७ मा ५८ स्वचालित बत्ती जडान गरिएको हो । यससँगै बस्तीमा पसेर क्षति गर्ने जंगली जनावर नियन्त्रणमा सहयोग पुगेको छ । तराई भू–परिधि तथा संरक्षण कार्यक्रमअन्तर्गत सुनदेवी उपभोक्ता समितिले शुक्लाफाँटा निकुञ्ज छेउछाउका बस्तीमा २९ पोलमा बत्ती जडान गरेको छ […]

जलवायु परिवर्तनले चौँरीपालन व्यवसाय संकटमा

१६ भदौ, सिन्धुपाल्चोक । यहाँका उच्च हिमालीमा गरिँदै आएको चौँरीपालन व्यवसाय अहिले संकटमा पर्न थालेको छ । ३ हजारदेखि ६ हजार मिटर उचाइको हावापानी भएको हिमाली खर्कमा वषौंँदेखि चल्दै आएका घुम्ती गोठ प्रणाली पछिल्लो समय क्रमशः घट्दै गएको छ । जलवायु परिवर्तनको असर चौँरीपालन देखिएको हो । वैदेशिक रोजगारमा युवाको आकर्षण बढ्नुका साथै चरन क्षेत्रमा […]

दुर्लभ वन्यजन्तु कृष्णसारको संख्या वृद्धि

३० साउन, कञ्चनपुर।   शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको संख्या बढ्न थालेको छ । एक दशकमा संख्या बढेर ३ सय १० पुगेको छ । भाले १ सय १७, पोथी १ सय ४३ र पाठापाठी ५० वटा छन् । वयस्क भाले ९३ र अर्धवयस्क भाले २४ छन् भने पोथीमा वयस्क ९९ र अर्धवयस्क ४४ छन् […]

हिमपहिरोको जोखिममा हुम्लाको हल्जीगाउँ

२७ असार, हुम्ला ।  चीनतर्फको हिमताल फुटेर हिमपहिरो जाँदा रसुवामा ठूलो क्षति भएपछि हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको लिमीको हल्जी गाउँवासी झस्किएका छन् । सो गाउँ माथि ठूल–ठूला हिमताल छन् । बेला बेला ती ताल फुटेर हिमपहिरो आइरहने भएकाले यतिबेला लिमीको हल्जीवासी झस्किएका हुन् । हल्जीगाउँकी डोमा तामाङले बर्खा पनि लाग्यो अब गाउँमाथि रहेका हिमताल फुटेर हिमपहिरो […]

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud