Latest Posts

यागीले म्यानमामा २ सय भन्दा बढीको मृत्यु

२ असोज, काठमाडौं   ‘यागी’ नामक आँधीको प्रभावले म्यानमा ठुलो जनधनको क्षति भएको छ । भीषण वर्षासँगैको बाढीमा २ सय २० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । ८० भन्दा बढी व्यक्ति वेपत्ता छन् । वर्षा र बाढीले म्यानमारको जनजीवन तहसनहस भएको त्यहाँको सैनिक सरकारले जनाएको छ । यागी यस वर्ष एसियाको सबैभन्दा शक्तिशाली आँधी हो […]
Read more

यागी आँधी प्रभावः म्यान्मामा बढ्यो, भियतनाममा घट्यो

२८ भदौ, काठमाडौं   यागी नाम दिइएको चक्रवातको प्रभाव भियतनाममा कम हुन थालेको छ भने म्यान्माका कैयौँ क्षेत्रमा वृद्धि भएको छ । उत्तरी भियतनाम, लाओस, थाइल्यान्ड र म्यान्मा क्षेत्रहरूमा यागीको कारण बाढी र पहिरोले विपत्ती निम्त्याएको छ । यागीका कारण प्रभावित देशहरूमा मृत्यु हुनेको संख्या २ सय ८० पुगेको छ । जसमध्ये भियतनाममा मात्र २ सय […]
Read more

शक्तिशाली यागीले भियतनाममा ६० जनाभन्दा बढीको मृत्यु

२५ भदौ, काठमाडौं   ‘यागी’ नामक शक्तिशाली आँधीले भियतनाममा ६० जनाभन्दा बढीको मृत्यु भएको छ । उत्तरी भियतनामको फुथोक प्रान्तस्थित फोङचाउ पुल भत्किएर सवारी साधनहरू रेड नदीमा खस्दा कम्तिमा १३ जना बेपत्ता छन् । २ सय ५० हाराहारी व्यक्ति घाइते छन् । ठाउँ–ठाउँमा बाढी र पहिरोले सडक अवरुद्ध भएपछि विद्यालयहरू बन्द गरिएका छन् । विद्युत आपूर्ति […]
Read more

काठमाडौंबाट बञ्चरेडाँडा ल्याण्डफिलको निगरानी

२० भदौ, काठमाडौं   उपत्यकाको फोहरमैला व्यवस्थापन हुँदै आएको सेनेटरी ल्याण्डफिल साइटको निगरानी सुरु भएको छ । काठमाडौं महानगरपालिकाले कार्यालयबाटै (काठमाडौं प्लाजाबाट) ल्याण्डफिलको निगरानी थालेको हो । संस्थागत सुधारको कार्यक्रममध्ये कार्य सञ्चालन हुने ठाउँका विषयमा जानकारी तथा सूचना लिन सिसीटीभी क्यामरा जडान गरिएको महानगरले जनाएको छ । काठमाडौं महानगरसहित फोहर व्यवस्थापन हुने गरेको ल्याण्डफिल साइट नुवाकोट […]
Read more

ठुलो संख्यामा माछा मरेपछि ग्रिसमा संकटकाल

मध्य ग्रीसको बन्दरगाह सहर भोलोसमा ठुलो संख्यामा माछा मरेपछि सरकारले नदी सरसफाईका लागि संकटकालको घोषणा गरेको छ ।
Read more

चोरी शिकारीमा फरार ३४ जना पक्राउ

१७ भदौ, चितवन   चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा दुर्लभ एक सिङ्गे गैँडा चोरी सिकारी गरेको अभियोगमा फरार भएका ३४ जनालाई पक्राउ गरेको छ । एक वर्षमा चोरी सिकारीमा संलग्न भएकालाई पक्राउ गरिएको यो ठूलो संख्या हो । निकुञ्जले गतवर्ष सालकको खपटाको चोरी सिकारी गरेको अभियोगमा ६ जनालाई पक्राउ गरेको थियो । यस्तै खाल्डो बनाएर […]
Read more
1 6 7 8 9 10 11

Trending News

Editor's Picks

आहा टिम्बुङ पोखरी !

४ असोज, काठमाडौँ । ताप्लेजुङ र पाँचथरको सीमा क्षेत्र समुद्री सतहबाट करिब ४ हजार ३ सय मिटरको उचाइमा अवस्थित छ– टिम्बुङ पोखरी (तिम्बु पोखरी) । प्राकृतिक सौन्दर्य, जैविक विविधता र धार्मिक आस्थाले भरिएको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा यो क्षेत्र परिचित छ । हिमाली दृश्य, हरिया डाँडाकाँडा तथा विभिन्न प्रजातिका वनस्पतिले घेरिएको टिम्बुङ पोखरी क्षेत्रले यहाँ […]

गिद्धको संख्या सुधार्ने अभियानमा नेपाल अब्बल

१ असोज, अर्घाखाँची । कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध नेपालमा भने पुनः फर्किन थालेका छन् । संरक्षणका प्रभावकारी प्रयास, हानिकारक औषधीमाथिको नियन्त्रण, सुरक्षित आहार र बासस्थान संरक्षणका कारण नेपाल लोपोन्मुख गिद्धको संख्या घट्नेक्रम रोक्दै पुनः वृद्धि गराउन सफल दक्षिण एसियाकै पहिलो देश बनेको छ । सन् १९९० को दशकमा दक्षिण एसियामा […]

अनुसन्धान भन्छ– भीषण बाढी निम्त्याउने हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रम

२४ भदौ, काठमाडौँ । यही १० भदौमा नेपाल र चीनमा घातक बाढी निम्त्याएको हिमाली क्षेत्रमा हिमनदी भत्किनुअघि असाधारण रूपमा उच्च तापक्रम देखिएको मौसमसम्बन्धी तथ्यांकको एक विश्लेषणले देखाएको छ । अनुसन्धानकर्ताका अनुसार भदौ ५ देखि १० सम्म करिब ५ हजार २ सय मिटर उचाइमा रहेको हिमाली क्षेत्रमा औसत तापक्रम झन्डै ५ डिग्री सेल्सियस पुगेको अनुमान गरिएको […]

बाढीको कहर

१७ भदौ, नुवाकोट। विदुर नगरपालिका–१० बेत्रावतीमा लेदोसहितको बाढीले पुरिएको तीनतले घर । यही १० भदौमा भोटेकोशी बाढीपछि उक्त घरबाट २४ जनाको शव निकालिएको थियो । सो घरबाट निकालिएका शव हेलिकोप्टरमार्फत त्रिशूली पठाउँदै सुरक्षाकर्मी । तस्बिर/रासस

पाँचवटा ताल एउटै भए, ‘जोखिमयुक्त भन्न मिल्दैन’

१७ भदौ, म्याग्दी। म्याग्दीका उद्धारकर्मी इन्द्रसिंह शेरचन विसं २०६० मा पहिलोपटक अन्नपूर्ण आधार शिविर पुगे । सो क्षेत्रमा उनले स–साना ५ वटा ताल प्रष्ट देखे । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा समुद्री सतहदेखि ४ हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल पछिल्लो समय एउटै देखिन थालेकामा उनले अनौठो मानेका छन् । ‘हिउँदका ४ महिनाबाहेक अन्य समयमा […]

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud