Latest Posts

चोरी शिकारीमा फरार ३४ जना पक्राउ

१७ भदौ, चितवन   चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा दुर्लभ एक सिङ्गे गैँडा चोरी सिकारी गरेको अभियोगमा फरार भएका ३४ जनालाई पक्राउ गरेको छ । एक वर्षमा चोरी सिकारीमा संलग्न भएकालाई पक्राउ गरिएको यो ठूलो संख्या हो । निकुञ्जले गतवर्ष सालकको खपटाको चोरी सिकारी गरेको अभियोगमा ६ जनालाई पक्राउ गरेको थियो । यस्तै खाल्डो बनाएर […]
Read more

वनमा खस्कियो समुदायको माया

९ भदौ, पर्वत   ‘हरियो वन नेपालको धन’ भन्ने उखानविपरीतको अवस्था पर्वतमा देखा पर्दै गएको छ । जिल्लाका सामुदायिक वनमा स्थानीय उपभोक्ताको रुचि र सक्रियता घटेसँगै ५ वर्षयता वनको आम्दानीसमेत शून्य देखिएको छ । सहभागितामूलक वन व्यवस्थापनको अवधारणा अनुरूप सञ्चालित सामुदायिक वन उपभोक्ता समूह निष्क्रिय छन् । बर्सेनि करोडौँ रकम आम्दानी गर्ने पर्वतका ३ सय ८८ वटा वन उपभोक्ता […]
Read more

फेरिँदै मनाङको मौलिकता

‘पहिले सल्लाका फट्टाले छाएर माथिबाट माटो राखेर घर बनाइन्थ्यो। सल्लाका सर्लक्क परेको फट्टाले छाइन्थ्यो । अहिले देख्न पनि मुस्किल हुन थाल्यो,’ मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका ८१ वर्षीय याङ्दुङ गुरूङले विगत सम्झिँदै भने ।
Read more

बाघ संरक्षणमा सहअस्तित्वको खाँचो

२० साउन, काठमाडौं पाटेबाघ ‘जङ्गलको राजा’ हो तर मानव अतिक्रमणले बाघ मात्र हैन मानिसको जीवन नै सङ्कटमा पर्न थालेको छ । अहिले बाघ जङ्गलमा मात्र सीमित छैनन्, धमाधम बस्ती छिर्न थालेका छन् । बाघले मानिस मार्न थालेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार वन्यजन्तुको आक्रमणबाट आर्थिक वर्ष २०७५/७६ देखि यताको ५ वर्षमा
Read more

केरलामा बाढी पहिरोले जनधनको ठुलो क्षति

१५ साउन, काठमाडौं   भीषण बाढी पहिरोले दक्षिण भारतको तटीय राज्य केरलाको वायनाडमा ७० जना भन्दा बढीको मृत्यु भएको छ । सो घटनामा १ नेपाली बालकको पनि मृत्यु भएको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । वायनाड जिल्लाको मेप्पाडी क्षेत्रमा बाढी र पहिरोले ठूलो भौतिक क्षतिसँगै जनजिवन प्रत्यक्ष प्रभावित बनेको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार आज […]
Read more

धुर्कोटका ५ सय बढी घरमा खानेपानी

१५ साउन, गुल्मी   धुर्कोट गाउँपालिका–३ हाडहाडेमा सञ्चालित ठूलामूल लिफ्टिङ खानेपानी आयोजनाबाट ५ सय ५९ घरमा खानेपानी सुविधा उपलब्ध भएको छ । आर्थिक वर्ष २०७६/७७ मा सुरु भएको उक्त योजना हालै सम्पन्न भएको हो । एउटै आयोजनाबाट यति धेरै घरमा शुद्ध पेयजलको व्यवस्था भएको धुर्कोट पालिकाको यो पहिलो ठूला खानेपानी आयोजना हो । आयोजनाबाट हाडहाडेका मोटिखर्क, […]
Read more
1 4 5 6 7 8

Trending News

Editor's Picks

गिद्धको संख्या सुधार्ने अभियानमा नेपाल अब्बल

१ असोज, अर्घाखाँची । कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध नेपालमा भने पुनः फर्किन थालेका छन् । संरक्षणका प्रभावकारी प्रयास, हानिकारक औषधीमाथिको नियन्त्रण, सुरक्षित आहार र बासस्थान संरक्षणका कारण नेपाल लोपोन्मुख गिद्धको संख्या घट्नेक्रम रोक्दै पुनः वृद्धि गराउन सफल दक्षिण एसियाकै पहिलो देश बनेको छ । सन् १९९० को दशकमा दक्षिण एसियामा […]

अनुसन्धान भन्छ– भीषण बाढी निम्त्याउने हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रम

२४ भदौ, काठमाडौँ । यही १० भदौमा नेपाल र चीनमा घातक बाढी निम्त्याएको हिमाली क्षेत्रमा हिमनदी भत्किनुअघि असाधारण रूपमा उच्च तापक्रम देखिएको मौसमसम्बन्धी तथ्यांकको एक विश्लेषणले देखाएको छ । अनुसन्धानकर्ताका अनुसार भदौ ५ देखि १० सम्म करिब ५ हजार २ सय मिटर उचाइमा रहेको हिमाली क्षेत्रमा औसत तापक्रम झन्डै ५ डिग्री सेल्सियस पुगेको अनुमान गरिएको […]

बाढीको कहर

१७ भदौ, नुवाकोट। विदुर नगरपालिका–१० बेत्रावतीमा लेदोसहितको बाढीले पुरिएको तीनतले घर । यही १० भदौमा भोटेकोशी बाढीपछि उक्त घरबाट २४ जनाको शव निकालिएको थियो । सो घरबाट निकालिएका शव हेलिकोप्टरमार्फत त्रिशूली पठाउँदै सुरक्षाकर्मी । तस्बिर/रासस

पाँचवटा ताल एउटै भए, ‘जोखिमयुक्त भन्न मिल्दैन’

१७ भदौ, म्याग्दी। म्याग्दीका उद्धारकर्मी इन्द्रसिंह शेरचन विसं २०६० मा पहिलोपटक अन्नपूर्ण आधार शिविर पुगे । सो क्षेत्रमा उनले स–साना ५ वटा ताल प्रष्ट देखे । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा समुद्री सतहदेखि ४ हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल पछिल्लो समय एउटै देखिन थालेकामा उनले अनौठो मानेका छन् । ‘हिउँदका ४ महिनाबाहेक अन्य समयमा […]

ढोरपाटन शिकार आरक्षः एकै वर्षमा २१ नाउर र ११ झारलको शिकार

५ भदौ, बागलुङ।  ढोरपाटन शिकार आरक्षमा एकै वर्षमा २१ नाउर र ११ झारलको शिकार गरिएको छ । विदेशी शिकारीले प्रतिस्पर्धामार्फत नाउर र झारलको शिकार गर्न वन्यजन्तु विभागलाई राजस्वबापत ४ करोड १७ लाख रूपैयाँभन्दा बढी बुझाएका छन् । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा वर्षमा २ चरणमा शिकार हुने गर्छ । पहिलो चरणमा ३ करोड ३ लाख […]

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud