Latest Posts

हिउँदमा कर्णालीमा डल्फिन

२ पुस, धनगढी।   मनसुन अवधिभरि विभिन्न सहायक नदीमा देखापर्ने दुर्लभ डल्फिन हिउँदमा कर्णाली नदीमा देखा परिरहेका छन् । कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा करिब ८ वटा डल्फिन नियमित रूपमा देखा परिरहेको डल्फिन संरक्षणकर्मी भोजराज ढुंगानाले जानकारी दिए । उनका अनुसार समूहमा २÷३ वटासम्म डल्फिन सत्ती पुलभन्दा माथिसम्म पुग्ने गरेका छन् । डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण […]
Read more

बेलौरी आइपुगे प्रवासी पक्षी

२४ मंसिर, कञ्चनपुर।   कञ्चनपुरको बेलौरी नगरपालिका–६ स्थित पुरैनी तालमा प्रवासी पक्षी कलहाँस आइपुगेका छन् । उत्तरी धुव्र (आफ्नो थातथलो)मा चिसो बढेपछि प्रत्येक वर्ष पुरैनी तालमा कलहाँसलगायतका जलपक्षीका प्रजाति आइपुग्छन् । विगतका वर्षमा कात्तिकको अन्तिम हप्तामै पुग्ने कलहाँस यसपटक भने ढिलो गरी यो क्षेत्रमा आइपुगेका हुन् । ४० भन्दा बढीको संख्यामा कलहाँसको झुण्ड यहाँ आइपुगेको हो […]
Read more

भारतबाट छिरेको बाघको निगरानी

३ मंसिर, बर्दिया।   केही दिनअघि भारतबाट बर्दिया प्रवेश गरेको पाटेबाघको जिपीएस र ड्रोनबाट निगरानी भइरहेको छ । मंसिर ५ गते राति बर्दिया प्रवेश गरेको सो पाटेबाघबारे सम्पूर्ण जानकारी प्राप्त भइरहेको बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. अशोककुमार रामका अनुसार सो बाघको घाँटीमा रेडियो कलर जडान गरिएकाले जिपीएसबाट निगरानी गर्न […]
Read more

संरक्षित क्षेत्र बाहिर देखिन थाले राज लाहाँचे

५ मंसिर, कैलाली। नेपालमा प्रायः संरक्षित क्षेत्रमा पाइने दुर्लभ राज लाहाँचे चरा संरक्षित क्षेत्रभन्दा बाहिर देखिन थालेका छन् । कैलालीको घोडाघोडी ताल, वसन्ता वनको रामपुरस्थित भावर क्षेत्र, रखौना ताल, जम्नेह्टा क्षेत्र र कञ्चनपुरको लालझाडी करिडोर लगायतका क्षेत्रमा यो प्रजातिका चरा पाइन थालेका छन् । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसीएन)ले राज लाहाँचेलाई विश्वमै लोपको संघारमा पुगेको […]
Read more

बाढीले आरक्षका वन्यजन्तुमा क्षति

१२ कात्तिक, सुनसरी।   गत असोज दोस्रो हप्ता सप्तकोशी नदीमा आएको ५६ वर्षयताकै ठुलो बाढीले जंगल क्षेत्र बगाउँदा कोशीटप्पु वन्यजन्तु आरक्षमा ठुलो क्षति पु¥याएको छ । सप्तकोशी नदीको पश्चिमी क्षेत्रमा रहेको आरक्षको जंगलमा बाढी पस्दा चराचुरुङ्गी तथा वन्यजन्तु बगाएको छ । वन्यजन्तु तथा चराको वासस्थान बाढीले बगाउँदा ठुलो क्षति पुगेको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ । प्रारम्भिक खोजीबाट […]
Read more

उद्धार ढिलो, मर्छन् वन्यजन्तु

५ कात्तिक, कैलाली ।   गत बुधबार बिहान (३० असोजमा) कैलालीको जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र पासोमा परेको अवस्थामा चितुवा फेला प-यो । उद्धार टोलीलाई खबर पनि गरियो । टोली आइपुग्न ६ घण्टा लाग्यो । उद्धारको केही घण्टामै चितुवाको मृत्यु भयो । १७ चैत २०७८मा घोडाघोडी नगरपालिका–१० तुल्सीपुर सामुदायिक वनमा पासोमा परेको चितुवाको उद्धार नहुँदै […]
Read more
1 2 3 4 5

Trending News

Editor's Picks

ढोरपाटन शिकार आरक्षः एकै वर्षमा २१ नाउर र ११ झारलको शिकार

५ भदौ, बागलुङ।  ढोरपाटन शिकार आरक्षमा एकै वर्षमा २१ नाउर र ११ झारलको शिकार गरिएको छ । विदेशी शिकारीले प्रतिस्पर्धामार्फत नाउर र झारलको शिकार गर्न वन्यजन्तु विभागलाई राजस्वबापत ४ करोड १७ लाख रूपैयाँभन्दा बढी बुझाएका छन् । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा वर्षमा २ चरणमा शिकार हुने गर्छ । पहिलो चरणमा ३ करोड ३ लाख […]

निकुञ्जमा सेवाग्राहीलाई विद्युतीय टिकट

५ साउन, काठमाडौँ ।  राष्ट्रिय निकुञ्जहरूमा घुमफिर गर्न विद्युतीय टिकट लागु गरिने भएको छ । विद्युतीय टिकटको परीक्षण सुरूवात काठमाडौँस्थित शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जबाट गरिएको छ । सरकारको शासकीय सुधारको नीति अनुसार सबै प्रकारका सेवा डिजिटलमैत्री बनाउने लक्ष्य पूरा गर्न कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको पहलमा देशका सबै निकुञ्जमा विद्युतीय टिकट लागु गर्ने पहल थालिएको […]

एक्यापमा वन्यजन्तुलाई जथाभावी पासो

१३ असार, मुस्ताङ।  मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित छत्रवाङ जंगलमा सिकारीले राखेको पासोमा परेको एउटा कस्तुरीको बच्चालाई सकुशल उद्धार गरी जंगलमा छाडिएको छ । उक्त वन क्षेत्रमा दैनिक सिकारी जाने गुनासो आउन थालेपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय जोमसोमको अगुवाइमा संरक्षण क्षेत्र व्यवस्थापन समिति जोमसोम र जिल्ला प्रहरी कार्यालय मुस्ताङको संयुक्त टोलीले गस्ती गरेको […]

चुनौतीपूर्ण बन्दै कृष्णसार व्यवस्थापन

५ असार, कञ्चनपुर।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर संरक्षण क्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको संख्या बढेर ३ सय १३ पुगेको छ । संरक्षण कार्यक्रम सुरू भएको डेढ दशक हाराहारीमा कृष्णसारको संख्या उल्लेखनीय वृद्धि भएको हो । संख्या बढेसँगै व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । निकुञ्जको पछिल्लो तथ्यांकअनुसार कृष्णसारका वयस्क भाले ८१, अर्धवयस्क भाले २०, वयस्क पोथी […]

समुद्रमा भेटियो दुर्लभ निलो अक्टोपस

१३ जेठ, काठमाडौँ। ग्यालापागोस टापु नजिक गहिरो समुद्रमा वैज्ञानिकहरूले दुर्लभ निलो रङको नयाँ अक्टोपस प्रजाति फेला पारेका छन् । समुद्री सतहबाट करिब १ हजार ८ सय मिटर तल यो जीव भेटिएको हो । यो सानो समुद्री जीवले अनुसन्धानकर्ताहरूलाई केवल आफ्नो असामान्य रङका कारण मात्र नभई, शरीरको बनावट, बासस्थान र व्यवहारका सम्भावित विशेषताका कारण पनि आश्चर्यचकित […]

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud