Latest Posts

अतिक्रमित जग्गामा ‘हाइटेक नर्सरी’

१ साउन, बाँके  राप्तीसोनारी गाउँपालिका–९ ढकेरीमा द्वन्द्वकालमा तत्कालीन माओवादीले अतिक्रमण गरी बनाएको बस्तीमा अहिले ‘हाइटेक नर्सरी’ निर्माण गरिएको छ । डेढ बिगाहा सरकारी जग्गालाई अतिक्रमण गरी तत्कालीन माओवादीले मुक्त कम्लहरीको बस्ती बसाएको थियो । उक्त जग्गालाई यही आर्थिक वर्षमा प्रदेश सरकारका तर्फबाट पूर्व सामाजिक विकासमन्त्री नमूना केसी, सोही वडाका वडाध्यक्षलगायत विभिन्न राजनीतिक दलका नेता र प्रहरी […]
Read more

२८ जेठयता १२५ जनाले गुमाए ज्यान

३ साउन, काठमाडौंअविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायत विपद्मा परी हालसम्म १ सय २५ जनाको मृत्यु भएको छ । विपद्मा परी काठमाडौंमा २, कोशी प्रदेशमा २२, मधेसमा ५, वाग्गमतीमा २०, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा ७ र सुदूरपश्चिम प्रदेशमा ८ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब […]
Read more

पहिरोबाट जीवितै उद्धार, केहीको मृत्यु, केही बेपत्ता

काठमाडौं, २२ असार   गुल्मीको रुरुक्षेत्र गाउँपालिका–३ स्थित थोर्गाको ठाँटीमा पहिरोमा पुरिएकी महिलालाई जीवितै उद्धार गरिएको छ । घर माथिबाट पहिरो खस्दा रुरुक्षेत्र–३ की उजेली विक कच्ची घरमा पुरिएकी थिइन् । उनलाई जीवितै उद्धार गरिएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए । घाइते विकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रिडी लागिएको छ । बाढीले ३ […]
Read more

मनसुनजन्य विपद्मा २८ को मृत्यु

काठमाडौं, असार २१ मनसुनजन्य विपद्मा परी २८ जनाले ज्यान गुमाएका, एक बेपत्ता भएका तथा अन्य २५ जना घाइते भएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह मन्त्रालय विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको तर्फबाट जवाफ दिँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मनसुनजन्य विपद्बाट ४६ घर […]
Read more
1 9 10 11

Trending News

Editor's Picks

आहा टिम्बुङ पोखरी !

४ असोज, काठमाडौँ । ताप्लेजुङ र पाँचथरको सीमा क्षेत्र समुद्री सतहबाट करिब ४ हजार ३ सय मिटरको उचाइमा अवस्थित छ– टिम्बुङ पोखरी (तिम्बु पोखरी) । प्राकृतिक सौन्दर्य, जैविक विविधता र धार्मिक आस्थाले भरिएको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा यो क्षेत्र परिचित छ । हिमाली दृश्य, हरिया डाँडाकाँडा तथा विभिन्न प्रजातिका वनस्पतिले घेरिएको टिम्बुङ पोखरी क्षेत्रले यहाँ […]

गिद्धको संख्या सुधार्ने अभियानमा नेपाल अब्बल

१ असोज, अर्घाखाँची । कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध नेपालमा भने पुनः फर्किन थालेका छन् । संरक्षणका प्रभावकारी प्रयास, हानिकारक औषधीमाथिको नियन्त्रण, सुरक्षित आहार र बासस्थान संरक्षणका कारण नेपाल लोपोन्मुख गिद्धको संख्या घट्नेक्रम रोक्दै पुनः वृद्धि गराउन सफल दक्षिण एसियाकै पहिलो देश बनेको छ । सन् १९९० को दशकमा दक्षिण एसियामा […]

अनुसन्धान भन्छ– भीषण बाढी निम्त्याउने हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रम

२४ भदौ, काठमाडौँ । यही १० भदौमा नेपाल र चीनमा घातक बाढी निम्त्याएको हिमाली क्षेत्रमा हिमनदी भत्किनुअघि असाधारण रूपमा उच्च तापक्रम देखिएको मौसमसम्बन्धी तथ्यांकको एक विश्लेषणले देखाएको छ । अनुसन्धानकर्ताका अनुसार भदौ ५ देखि १० सम्म करिब ५ हजार २ सय मिटर उचाइमा रहेको हिमाली क्षेत्रमा औसत तापक्रम झन्डै ५ डिग्री सेल्सियस पुगेको अनुमान गरिएको […]

बाढीको कहर

१७ भदौ, नुवाकोट। विदुर नगरपालिका–१० बेत्रावतीमा लेदोसहितको बाढीले पुरिएको तीनतले घर । यही १० भदौमा भोटेकोशी बाढीपछि उक्त घरबाट २४ जनाको शव निकालिएको थियो । सो घरबाट निकालिएका शव हेलिकोप्टरमार्फत त्रिशूली पठाउँदै सुरक्षाकर्मी । तस्बिर/रासस

पाँचवटा ताल एउटै भए, ‘जोखिमयुक्त भन्न मिल्दैन’

१७ भदौ, म्याग्दी। म्याग्दीका उद्धारकर्मी इन्द्रसिंह शेरचन विसं २०६० मा पहिलोपटक अन्नपूर्ण आधार शिविर पुगे । सो क्षेत्रमा उनले स–साना ५ वटा ताल प्रष्ट देखे । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा समुद्री सतहदेखि ४ हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल पछिल्लो समय एउटै देखिन थालेकामा उनले अनौठो मानेका छन् । ‘हिउँदका ४ महिनाबाहेक अन्य समयमा […]

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud