कांग्रेस नेता शाही बने वन मन्त्री

३१ असार, काठमाडौं  
नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको नवगठित सरकारमा मुगुका ऐनबहादुर शाही वन तथा वातावरण मन्त्री नियुक्त भएका छन् ।

२२ सदस्यीय संघीय मन्त्रिपरिषद्मा उनी कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने एक्ला मन्त्री बनेका छन् । ३ वर्षअघि प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचिन शाही ओली नेतृत्वको सरकारमा पहिलोपटक मन्त्री हुने ९ जनामध्ये एक हुन् ।

नवगठित मन्त्रिपरिषद्मा कांग्रेसबाट ५ र एमालेबाट ४ जना पहिलोपटक मन्त्री बनेका छन् । नयाँ सत्ता समीकरणसँगै कर्णालीबाट सुर्खेतका हृदयराम थानी मन्त्री बन्ने चर्चा हुँदै आएकोमा कांग्रेस सभापति शेरबहादुर देउवा निकट शाही मन्त्रिपरिषद्मा अटाएका हुन् । थानी कांग्रेस इतर समूहका नेता हुन् ।

शाही वर्तमान मन्त्रिपरिषद्को वरीयतामा अन्तिम सूचीमा छन् । उनी कांग्रेस मुगुका सभापति समेत हुन् । पार्टी सभापति शेरबहादुर देउवा निकटका उनी तत्कालीन कांग्रेस प्रजातान्त्रिकका जिल्ला सभापति थिए । पार्टी एकीकरणपछि २०६७मा पुनः जिल्ला सभापति भएका शाही २०७८ यता मुगुको पार्टी नेतृत्वमा छन् ।

यसअघिको सरकारमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का नवलकिशोर साह सुडी वन मन्त्री थिए । सुडी फेरि मन्त्री दोहोरिँदा उनले महिला बालबालिका र जेष्ठ नागरिक मन्त्रालयको नेतृत्व सम्हालेका छन् ।


-

-

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud