Latest Posts

ढोरपाटनमा सुरू भयो सिकार याम

१७ चैत, बागलुङ। नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरू भएको छ । दोस्रो याममा १३ नाउर, १० झारल र १२ वटा बँदेलसहित ३५ वटा वन्यजन्तुको सिकार हुने छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत १५ माघमा सिकारका लागि बोलपत्र आह्वान गरेको थियो ।दोस्रो याममा सिकार खेल्न हिमालयन वाइल्डलाइफ […]
Read more

मुस्ताङमा हिउँ चितुवाको अनुगमन

१२ चैत, मुस्ताङ । उपल्लो मुस्ताङका विभिन्न ३ स्थानमा ‘क्यामेरा ट्यापिङ’ का माध्यमबाट हिउँचितुवाको अनुगमन सुरू भएको छ । मानव र हिउँ चितुवाबीचको द्वन्द्व बढेपछि यो जन्तुको को अवस्थिति अनुगमन गर्न क्यामेरा ट्यापिङ थालिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार उपल्लो मुस्ताङका वारागुङ मुक्तिक्षेत्र–३ समर आसपासमा १२ वटा, लोमान्थाङको थुर्लुङफाँट […]
Read more

बजेट अभावमा रोकियो गैँडा गणना

१ चैत, काठमाडौँ।   हरेक ५ वर्षमा हुँदै आएको गैँडा गणना आर्थिक अभावका कारण यो वर्ष नहुने भएको छ । दाताहरूको सहयोगमा गणना हुँदै आएकामा यस वर्ष सहायता नपाएपछि गणनाकार्य प्रभावित बनेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले बताए । सरकारले गैँडाको नियमित अभिलेख राख्न बजेटको व्यवस्था गरेको छैन । यस वर्ष गणना […]
Read more

रेस्टुरेन्टमा रमाए गिद्ध

८ फागुन, नवलपरासी।   कावासोती नगरपालिकाको पिठौलीमा स्थापना गरिएको जटायु रेस्टुरेन्टमा रमाउन आउने गिद्धको संख्या बढ्दै गएको छ । यो समय गिद्ध घुम्ने मौसम भएकाले रेस्टुरेन्टमा गिद्धको संख्या बढ्दै गएको रेस्टुरेन्ट व्यवस्थापन समितिका अध्यक्ष डिबी चौधरीले बताए । आहारविहारको राम्रो व्यवस्थापन भएकाले हरेक वर्ष मंसिरदेखि वैशाखसम्म यहाँ गिद्ध यहाँ रमाउन आउने उनको भनाइ छ । ‘एक वर्षयता मात्रै […]
Read more

तरकारी खाइसकेपछि मात्रै विषादी परीक्षण

२७ माघ, काठमाडौँ।   देशकै ठूलो तरकारी बजार कालीमाटीको विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशालाले तरकारी परीक्षणको रिपोर्ट उपभोक्ताले खाइसकेपछि मात्रै सार्वजनिक गर्ने गरेको छ । केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको उक्त प्रयोगशालाले बजारमा भित्रिएकामध्ये केही तरकारीको नमूना संकलन गरी परीक्षणको रिपोर्ट निस्किँदासम्म त्यो तरकारी उपभोक्ताले खाइसक्ने गरेको पाइएको हो । गत साता (२४ माघमा) सर्लाहीबाट कालीमाटी भित्रिएका गोलभेँडाको नमूना […]
Read more

यो साता हुँदैछ ग्रहहरूको परेड

६ माघ, काठमाडौं। यही जनवरी २५ तारिख (१२ माघमा)मा एक दुर्लभ खगोलीय दृश्य हुने भएको छ । सो दिन कम्तिमा ६ वटा ग्रहहरू एकसाथ पङ्तिवद्ध हुनेछन् । यस्तो दृश्य संसारको लगभग सबै भागबाट देख्न सकिनेछ । प्ल्यानेटरी परेड वा परेड अफ प्लानेट भनिने उक्त एउटा अत्यन्तै दुर्लभ खगोलीय घटनामा सौर्यमण्डलका शुक्र, मंगल, वृहस्पति, शनि, वरूण […]
Read more
1 2 3 4 5 6 11

Trending News

Editor's Picks

आहा टिम्बुङ पोखरी !

४ असोज, काठमाडौँ । ताप्लेजुङ र पाँचथरको सीमा क्षेत्र समुद्री सतहबाट करिब ४ हजार ३ सय मिटरको उचाइमा अवस्थित छ– टिम्बुङ पोखरी (तिम्बु पोखरी) । प्राकृतिक सौन्दर्य, जैविक विविधता र धार्मिक आस्थाले भरिएको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा यो क्षेत्र परिचित छ । हिमाली दृश्य, हरिया डाँडाकाँडा तथा विभिन्न प्रजातिका वनस्पतिले घेरिएको टिम्बुङ पोखरी क्षेत्रले यहाँ […]

गिद्धको संख्या सुधार्ने अभियानमा नेपाल अब्बल

१ असोज, अर्घाखाँची । कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध नेपालमा भने पुनः फर्किन थालेका छन् । संरक्षणका प्रभावकारी प्रयास, हानिकारक औषधीमाथिको नियन्त्रण, सुरक्षित आहार र बासस्थान संरक्षणका कारण नेपाल लोपोन्मुख गिद्धको संख्या घट्नेक्रम रोक्दै पुनः वृद्धि गराउन सफल दक्षिण एसियाकै पहिलो देश बनेको छ । सन् १९९० को दशकमा दक्षिण एसियामा […]

अनुसन्धान भन्छ– भीषण बाढी निम्त्याउने हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रम

२४ भदौ, काठमाडौँ । यही १० भदौमा नेपाल र चीनमा घातक बाढी निम्त्याएको हिमाली क्षेत्रमा हिमनदी भत्किनुअघि असाधारण रूपमा उच्च तापक्रम देखिएको मौसमसम्बन्धी तथ्यांकको एक विश्लेषणले देखाएको छ । अनुसन्धानकर्ताका अनुसार भदौ ५ देखि १० सम्म करिब ५ हजार २ सय मिटर उचाइमा रहेको हिमाली क्षेत्रमा औसत तापक्रम झन्डै ५ डिग्री सेल्सियस पुगेको अनुमान गरिएको […]

बाढीको कहर

१७ भदौ, नुवाकोट। विदुर नगरपालिका–१० बेत्रावतीमा लेदोसहितको बाढीले पुरिएको तीनतले घर । यही १० भदौमा भोटेकोशी बाढीपछि उक्त घरबाट २४ जनाको शव निकालिएको थियो । सो घरबाट निकालिएका शव हेलिकोप्टरमार्फत त्रिशूली पठाउँदै सुरक्षाकर्मी । तस्बिर/रासस

पाँचवटा ताल एउटै भए, ‘जोखिमयुक्त भन्न मिल्दैन’

१७ भदौ, म्याग्दी। म्याग्दीका उद्धारकर्मी इन्द्रसिंह शेरचन विसं २०६० मा पहिलोपटक अन्नपूर्ण आधार शिविर पुगे । सो क्षेत्रमा उनले स–साना ५ वटा ताल प्रष्ट देखे । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा समुद्री सतहदेखि ४ हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल पछिल्लो समय एउटै देखिन थालेकामा उनले अनौठो मानेका छन् । ‘हिउँदका ४ महिनाबाहेक अन्य समयमा […]

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud