Latest Posts

मुस्ताङमा हिउँ चितुवाको अनुगमन

१२ चैत, मुस्ताङ । उपल्लो मुस्ताङका विभिन्न ३ स्थानमा ‘क्यामेरा ट्यापिङ’ का माध्यमबाट हिउँचितुवाको अनुगमन सुरू भएको छ । मानव र हिउँ चितुवाबीचको द्वन्द्व बढेपछि यो जन्तुको को अवस्थिति अनुगमन गर्न क्यामेरा ट्यापिङ थालिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार उपल्लो मुस्ताङका वारागुङ मुक्तिक्षेत्र–३ समर आसपासमा १२ वटा, लोमान्थाङको थुर्लुङफाँट […]
Read more

तरकारी खाइसकेपछि मात्रै विषादी परीक्षण

२७ माघ, काठमाडौँ।   देशकै ठूलो तरकारी बजार कालीमाटीको विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशालाले तरकारी परीक्षणको रिपोर्ट उपभोक्ताले खाइसकेपछि मात्रै सार्वजनिक गर्ने गरेको छ । केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको उक्त प्रयोगशालाले बजारमा भित्रिएकामध्ये केही तरकारीको नमूना संकलन गरी परीक्षणको रिपोर्ट निस्किँदासम्म त्यो तरकारी उपभोक्ताले खाइसक्ने गरेको पाइएको हो । गत साता (२४ माघमा) सर्लाहीबाट कालीमाटी भित्रिएका गोलभेँडाको नमूना […]
Read more

गिद्धका गुँड जोगाउँदै रूख काटिने

६ माघ, नवलपुर।   कावासोतीमा बनाउने भनिएको नमुना सदरमुकाम निर्माण स्थलमा रहेका रूखमध्ये पहिलो चरणमा ४७ वटा मात्र काटिने भएको छ । डिभिजन वन कार्यालय नवलपुरले पहिलो चरणमा कटान हुने भनिएका ४९ मध्ये ४७ वटा रूख छपान गरेको छ । छपान गरिएका रूख मध्ये ४१ वटा सिसौ, ३ वटा सिमल, एउटा करम छन् । कटान गरिने […]
Read more

चल्यो शीतलहर, बढ्यो दाउराको माग

२२ पुस, धनुषा।   मधेश प्रदेशका जिल्लाहरूमा शीतलहर चल्दा अत्यधिक चिसो बढेको छ । बिहानबेलुका बाक्लो हुस्सु, शीतलहर चलेपछि चिसोबाट जोगिन स्थानीयले दाउराको माग गर्न थालेका छन् । पर्सामा विगत एक सातादेखि बाक्लो हुस्सु र चिसो सिरेटो चल्दा जनजीवन कष्टकर हुँदै गएको छ । चिसोबाट बालबालिका, वृद्धवृद्धा र दैनिक ज्यालादारी गरी जीवनयापन गर्नेहरू बढी प्रभावित भएका छन् । घाम नलाग्दा […]
Read more

हिउँदमा कर्णालीमा डल्फिन

२ पुस, धनगढी।   मनसुन अवधिभरि विभिन्न सहायक नदीमा देखापर्ने दुर्लभ डल्फिन हिउँदमा कर्णाली नदीमा देखा परिरहेका छन् । कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा करिब ८ वटा डल्फिन नियमित रूपमा देखा परिरहेको डल्फिन संरक्षणकर्मी भोजराज ढुंगानाले जानकारी दिए । उनका अनुसार समूहमा २÷३ वटासम्म डल्फिन सत्ती पुलभन्दा माथिसम्म पुग्ने गरेका छन् । डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण […]
Read more

संरक्षित क्षेत्र बाहिर देखिन थाले राज लाहाँचे

५ मंसिर, कैलाली। नेपालमा प्रायः संरक्षित क्षेत्रमा पाइने दुर्लभ राज लाहाँचे चरा संरक्षित क्षेत्रभन्दा बाहिर देखिन थालेका छन् । कैलालीको घोडाघोडी ताल, वसन्ता वनको रामपुरस्थित भावर क्षेत्र, रखौना ताल, जम्नेह्टा क्षेत्र र कञ्चनपुरको लालझाडी करिडोर लगायतका क्षेत्रमा यो प्रजातिका चरा पाइन थालेका छन् । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसीएन)ले राज लाहाँचेलाई विश्वमै लोपको संघारमा पुगेको […]
Read more
1 2 3 4 5 6 … 9

Trending News

Editor's Picks

बेपत्ता चौपायाको एक महिनापछि जीवितै उद्धार

६ कात्तिक, हुम्ला । जिल्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च पाटनमा हिमपातपछि बेपत्ता भएका ३ सय बढी पशु चौपायको २७ दिनपछि जीवितै उद्धार गरिएको छ । चरनका लागि पाटनमा छाडिएका चौँरीगाई, घोडा र झोपासहितका ३ सय ७ पशु पशु लाप्चा क्षेत्रको साँक्या खोलामा फेला परेका हुन् । लिमीका वडाध्यक्ष पाल्जोर तामाङसहित स्थानीयको टोलीले […]

जलाशयमा घट्दैछन् कछुवा

१६ असोज, सुनसरी।  तराईका नदी, पोखरी, तालतलैया, सिमसार तथा चुरेक्षेत्रका खोल्सामा सहजै देखिने कछुवा पछिल्लो समय दुर्लभ बन्दै गएको छ । मानवीय क्रियाकलापका कारण कछुवाको बासस्थान क्रमशः मासिँदै जाँदा दुर्लभ बन्दै गएको हो । पानीका स्रोत तथा सिमसार अतिक्रमण, वासस्थान खण्डीकरण, अवैध शिकार तथा संकलन, माछा मार्ने क्रममा जालमा पर्ने, विष तथा करेन्टको प्रयोग, सडक निर्माण र […]

आहा टिम्बुङ पोखरी !

४ असोज, काठमाडौँ । ताप्लेजुङ र पाँचथरको सीमा क्षेत्र समुद्री सतहबाट करिब ४ हजार ३ सय मिटरको उचाइमा अवस्थित छ– टिम्बुङ पोखरी (तिम्बु पोखरी) । प्राकृतिक सौन्दर्य, जैविक विविधता र धार्मिक आस्थाले भरिएको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा यो क्षेत्र परिचित छ । हिमाली दृश्य, हरिया डाँडाकाँडा तथा विभिन्न प्रजातिका वनस्पतिले घेरिएको टिम्बुङ पोखरी क्षेत्रले यहाँ […]

गिद्धको संख्या सुधार्ने अभियानमा नेपाल अब्बल

१ असोज, अर्घाखाँची । कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध नेपालमा भने पुनः फर्किन थालेका छन् । संरक्षणका प्रभावकारी प्रयास, हानिकारक औषधीमाथिको नियन्त्रण, सुरक्षित आहार र बासस्थान संरक्षणका कारण नेपाल लोपोन्मुख गिद्धको संख्या घट्नेक्रम रोक्दै पुनः वृद्धि गराउन सफल दक्षिण एसियाकै पहिलो देश बनेको छ । सन् १९९० को दशकमा दक्षिण एसियामा […]

अनुसन्धान भन्छ– भीषण बाढी निम्त्याउने हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रम

२४ भदौ, काठमाडौँ । यही १० भदौमा नेपाल र चीनमा घातक बाढी निम्त्याएको हिमाली क्षेत्रमा हिमनदी भत्किनुअघि असाधारण रूपमा उच्च तापक्रम देखिएको मौसमसम्बन्धी तथ्यांकको एक विश्लेषणले देखाएको छ । अनुसन्धानकर्ताका अनुसार भदौ ५ देखि १० सम्म करिब ५ हजार २ सय मिटर उचाइमा रहेको हिमाली क्षेत्रमा औसत तापक्रम झन्डै ५ डिग्री सेल्सियस पुगेको अनुमान गरिएको […]

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud