Latest Posts

मुस्ताङमा हिउँ चितुवाको अनुगमन

१२ चैत, मुस्ताङ । उपल्लो मुस्ताङका विभिन्न ३ स्थानमा ‘क्यामेरा ट्यापिङ’ का माध्यमबाट हिउँचितुवाको अनुगमन सुरू भएको छ । मानव र हिउँ चितुवाबीचको द्वन्द्व बढेपछि यो जन्तुको को अवस्थिति अनुगमन गर्न क्यामेरा ट्यापिङ थालिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार उपल्लो मुस्ताङका वारागुङ मुक्तिक्षेत्र–३ समर आसपासमा १२ वटा, लोमान्थाङको थुर्लुङफाँट […]
Read more

बजेट अभावमा रोकियो गैँडा गणना

१ चैत, काठमाडौँ।   हरेक ५ वर्षमा हुँदै आएको गैँडा गणना आर्थिक अभावका कारण यो वर्ष नहुने भएको छ । दाताहरूको सहयोगमा गणना हुँदै आएकामा यस वर्ष सहायता नपाएपछि गणनाकार्य प्रभावित बनेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले बताए । सरकारले गैँडाको नियमित अभिलेख राख्न बजेटको व्यवस्था गरेको छैन । यस वर्ष गणना […]
Read more

रेस्टुरेन्टमा रमाए गिद्ध

८ फागुन, नवलपरासी।   कावासोती नगरपालिकाको पिठौलीमा स्थापना गरिएको जटायु रेस्टुरेन्टमा रमाउन आउने गिद्धको संख्या बढ्दै गएको छ । यो समय गिद्ध घुम्ने मौसम भएकाले रेस्टुरेन्टमा गिद्धको संख्या बढ्दै गएको रेस्टुरेन्ट व्यवस्थापन समितिका अध्यक्ष डिबी चौधरीले बताए । आहारविहारको राम्रो व्यवस्थापन भएकाले हरेक वर्ष मंसिरदेखि वैशाखसम्म यहाँ गिद्ध यहाँ रमाउन आउने उनको भनाइ छ । ‘एक वर्षयता मात्रै […]
Read more

गिद्धका गुँड जोगाउँदै रूख काटिने

६ माघ, नवलपुर।   कावासोतीमा बनाउने भनिएको नमुना सदरमुकाम निर्माण स्थलमा रहेका रूखमध्ये पहिलो चरणमा ४७ वटा मात्र काटिने भएको छ । डिभिजन वन कार्यालय नवलपुरले पहिलो चरणमा कटान हुने भनिएका ४९ मध्ये ४७ वटा रूख छपान गरेको छ । छपान गरिएका रूख मध्ये ४१ वटा सिसौ, ३ वटा सिमल, एउटा करम छन् । कटान गरिने […]
Read more

उदयपुरमा वन्यजन्तुको उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र

१२ पुस, उदयपुर।   कटारी नगरपालिका–५ स्थित सिसाघारी सिमसार तथा पर्यापर्यटन क्षेत्रमा वन्यजन्तु उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना गरिएको छ । डिभिजन वन कार्यालय त्रिवेणीको स्वीकृतिमा केन्द्र स्थापना गरिएको हो । पर्यटन क्षेत्र व्यवस्थापन समितिका संयोजक दीलबहादुर अधिकारीका अनुसार केन्द्रमा सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुरमा फेलापरेका घाइते वन्यजन्तुको उद्धार गरिएको छ । ‘अहिले पनि केन्द्रमा २ […]
Read more
1 2 3 4 5

Trending News

Editor's Picks

ढोरपाटन शिकार आरक्षः एकै वर्षमा २१ नाउर र ११ झारलको शिकार

५ भदौ, बागलुङ।  ढोरपाटन शिकार आरक्षमा एकै वर्षमा २१ नाउर र ११ झारलको शिकार गरिएको छ । विदेशी शिकारीले प्रतिस्पर्धामार्फत नाउर र झारलको शिकार गर्न वन्यजन्तु विभागलाई राजस्वबापत ४ करोड १७ लाख रूपैयाँभन्दा बढी बुझाएका छन् । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा वर्षमा २ चरणमा शिकार हुने गर्छ । पहिलो चरणमा ३ करोड ३ लाख […]

निकुञ्जमा सेवाग्राहीलाई विद्युतीय टिकट

५ साउन, काठमाडौँ ।  राष्ट्रिय निकुञ्जहरूमा घुमफिर गर्न विद्युतीय टिकट लागु गरिने भएको छ । विद्युतीय टिकटको परीक्षण सुरूवात काठमाडौँस्थित शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जबाट गरिएको छ । सरकारको शासकीय सुधारको नीति अनुसार सबै प्रकारका सेवा डिजिटलमैत्री बनाउने लक्ष्य पूरा गर्न कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको पहलमा देशका सबै निकुञ्जमा विद्युतीय टिकट लागु गर्ने पहल थालिएको […]

एक्यापमा वन्यजन्तुलाई जथाभावी पासो

१३ असार, मुस्ताङ।  मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित छत्रवाङ जंगलमा सिकारीले राखेको पासोमा परेको एउटा कस्तुरीको बच्चालाई सकुशल उद्धार गरी जंगलमा छाडिएको छ । उक्त वन क्षेत्रमा दैनिक सिकारी जाने गुनासो आउन थालेपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय जोमसोमको अगुवाइमा संरक्षण क्षेत्र व्यवस्थापन समिति जोमसोम र जिल्ला प्रहरी कार्यालय मुस्ताङको संयुक्त टोलीले गस्ती गरेको […]

चुनौतीपूर्ण बन्दै कृष्णसार व्यवस्थापन

५ असार, कञ्चनपुर।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर संरक्षण क्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको संख्या बढेर ३ सय १३ पुगेको छ । संरक्षण कार्यक्रम सुरू भएको डेढ दशक हाराहारीमा कृष्णसारको संख्या उल्लेखनीय वृद्धि भएको हो । संख्या बढेसँगै व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । निकुञ्जको पछिल्लो तथ्यांकअनुसार कृष्णसारका वयस्क भाले ८१, अर्धवयस्क भाले २०, वयस्क पोथी […]

समुद्रमा भेटियो दुर्लभ निलो अक्टोपस

१३ जेठ, काठमाडौँ। ग्यालापागोस टापु नजिक गहिरो समुद्रमा वैज्ञानिकहरूले दुर्लभ निलो रङको नयाँ अक्टोपस प्रजाति फेला पारेका छन् । समुद्री सतहबाट करिब १ हजार ८ सय मिटर तल यो जीव भेटिएको हो । यो सानो समुद्री जीवले अनुसन्धानकर्ताहरूलाई केवल आफ्नो असामान्य रङका कारण मात्र नभई, शरीरको बनावट, बासस्थान र व्यवहारका सम्भावित विशेषताका कारण पनि आश्चर्यचकित […]

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud