धितोपत्र बोर्ड अध्यक्ष छनोट बन्यो राजनीतिको सिकार, झेल गर्नेलाई पुरस्कार

१४ जेठ, काठमाडौं । करिब ६ महिनाको राजनीतिक र प्रक्रियागत रस्साकस्सीपछि नेपाल धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया अन्ततः रद्द भएको छ ।

शुक्रबार बसेको अध्यक्ष छनोट समिति बैठकले १६ फागुन २०८० मा सूचना प्रकाशित गरी अध्यक्ष छनोटमा भए गरेका सम्पूर्ण प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो ।

१६ फागुनमा राष्ट्रिय योजना आयोग उपाध्यक्षको संयोजकत्वको सिफारिस समितिले बोर्ड अध्यक्षका लागि आवेदन माग गरेको थियो । त्यसअनुसार १९ जनाले आवेदन दिएकामा सिफारिस समितिले पाँच जनालाई ‘सर्टलिस्ट’ गरेको थियो । चीरञ्जीवी चापागाईं, कृष्णबहादुर कार्की, डा. नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ सिफारिस समितिको सर्टलिष्टमा परेका थिए ।

यी पाँचमध्ये चापागाईं, कार्की र अधिकारी अन्तर्वार्तामा सहभागी नै भएनन् ।


-

-

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud