‘कल्की २८९८’ को बक्स अफिसमा सुखद् सुरुवात, सिक्वेल आउने

काठमाडौं । बहुप्रतीक्षित भारतीय फिल्म ‘कल्की २८९८ एडी’ बिहीबारबाट विश्वव्यापी प्रदर्शनमा आएको छ । साइन्स फिक्सन यो फिल्ममा प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हसनको मुख्य भूमिका छ ।

बक्स अफिसमा फिल्ममा उत्कृष्ट सुरुवात गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आधिकारिक रिपोर्ट आइनसकेपनि फिल्मले बिहीबार करिब १०० करोड भारुको ओपनिङ गरेको हुनसक्ने ट्रेड एनालिस्टहरुलाई उद्धृत गर्दै बलिउड हंगामाले जनाएको छ ।

६०० करोड भारु बजेट बताइएको फिल्मलाई नाग अश्विनले निर्देशन गरेका हुन् ।


-

-

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud