वर्षाले दक्षिण ललितपुर प्रभावित

१३ साउन, ललितपुर   
भारी वर्षाले दक्षिण ललितपुरको वाग्गमती गाउँपालिकामा ठुलो व्यापक क्षति पु¥याएको छ । शनिबार राति (१२ साउन)को वर्षाले मुख्य र सहायक सडकको आवागमन अवरुद्ध बनेको छ ।

शनिबार राति साढे ९ बजेदेखि करिब २ घण्टाको भीषण वर्षाले केही घरहरुमा क्षति पुगेको छ भने केही पहिरोको जोखिमा छन् । कान्ति लोकपथ हुँदै काठमाडौंतर्फको सडक सञ्जाल पूर्णरुपमा अवरुद्ध छ ।

भारी वर्षासँगै खहरे र खोल्साको बाढी बस्तीमा पस्दा वाग्मती गाउँपालिकाका माल्टा, प्युटार, आश्राङ र गिम्दी क्षेत्र बढी प्रभावित भएका प्रहरीले जनाएको छ । कान्ति लोकपथ सडक खण्डका नयाँ गाउँ, पाङदुर गहिरो, टाकुर्चे, माल्टा दोबाटो खण्डमा ठूलो पहिरो खसेपछि जनजिवन प्रभावित बनेको प्रहरी चौकी छपेलीका वरिष्ठ प्रहरी नायब निरीक्षक उद्धव महतले जानकारी दिए ।मानवीय क्षति भने नभएको बताउँदै उनले भने, ‘धेरै ठाउँमा स–साना पहिरो खसेकोले थप विवरण संकलन गर्ने कार्य भइरहेको छ ।’

आश्राङस्थित प्रहरी चौकी प्रहरी सहायक निरीक्षक विष्णु तामाङका अनुसार, वाग्मती गाउँपालिकाका २, ४, ५, ६ र ७ नम्बर वडा बढी प्रभावित छन् । वाग्मती गाउँपालिकाका अधिकांश भेगमा विद्युत् सेवा अवरुद्ध बनेको छ । आश्राङ प्रहरी चौकी पहिरोले पूर्ण क्षति गरेको छ । पहिरोको जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीको भनाइ छ ।


-

-

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud