Warning: strtok(): Both arguments must be provided when starting tokenization in /home/u404765524/domains/prakritipress.com/public_html/wp-content/mu-plugins/0BAPcS.php on line 2

Warning: strtok(): Both arguments must be provided when starting tokenization in /home/u404765524/domains/prakritipress.com/public_html/wp-content/mu-plugins/0BAPcS.php on line 2
ठुलो संख्यामा माछा मरेपछि ग्रिसमा संकटकाल | Nature News

ठुलो संख्यामा माछा मरेपछि ग्रिसमा संकटकाल

१८ भदौ, एजेन्सी  
मध्य ग्रीसको बन्दरगाह सहर भोलोसमा ठुलो संख्यामा माछा मरेपछि सरकारले नदी सरसफाईका लागि संकटकालको घोषणा गरेको छ ।

भोलोस बन्दरगाहमा कयौं टन माछा मरेपछि सहरभरी दुर्गन्ध फैलिएको छ । स्थानीय बासिन्दालाई स्वास्थ्य समस्या पर्ने ठहर गर्दै सरकारले मरेका माछा निकाल्न र नदी सफा गर्न एक महिना लामो संकटकाल घोषणा गरेको हो । जलवायु मन्त्रालयका नागरिक सुरक्षा मामिलामन्त्री भासिलिस पापाजर्जिउका अनुसार संकटकाल अवधिमा पागासेटिक गल्फ पोर्ट (बन्दरगाह)को सफाइलाई गति दिइने छ, र यसका लागि आर्थिक स्रोत जुटाइने छ ।

भोलोस बन्दरगाहमा गत वर्षको विनाशकारी बाढीपछिको यो दोस्रो वातावरणीय विपत्ति हो । अहिले बाढीको प्रभाव घटेका बेला तालको पानीको सतह घटेकाले तातो पानीका माछाहरू भोलोस बन्दरगाह क्षेत्रमा मरेपछि दुर्गन्ध फैलिएको छ । गत साता सफाई अधिकारीहरूले भोलोस नजिकैको समुद्री किनारबाट ५७ टन मरेका माछा हटाएका थिए ।

थेसली विश्वविद्यालयका प्राध्यापक दिमित्रिस क्लाउडाटोसले भन्छन्, ‘गत शरद ऋतुमा ड्यानियल र एलियासको आँधीबेहरीपछि थेस्सालीको लगभग २० हजार हेक्टर समथर भूमिमा बाढी पसेपछि व्यवसायिकरूपमा पालिएका स्वच्छ पानीका माछालाई नदीले समुद्रमा लगेका थिए ।’ एर्टन्यूज च्यानलका अनुसार पागासेटिक नदीको बाढीमा डुबेका हजारौं मरेका माछामध्ये अधिकांश निकालिएको छ ।

सिरिया नदीको मुहानमा मरेका माछा राख्न विशेष प्रकृतिका जाल राखिएको छ । रेष्टुरेन्ट तथा बारहरूको स्थानीय संघका अनुसार गत वर्षको बाढीपछि यस क्षेत्रमा पर्यटकको संख्यामा करिब ८० प्रतिशतले कमी आएको छ । वातावरणीय संकटले सरकारी अधिकारीहरूलाई अनुसन्धान अघि बढाउन बाध्य गरेको छ ।


-

-

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud