यो साता हुँदैछ ग्रहहरूको परेड

६ माघ, काठमाडौं।
यही जनवरी २५ तारिख (१२ माघमा)मा एक दुर्लभ खगोलीय दृश्य हुने भएको छ । सो दिन कम्तिमा ६ वटा ग्रहहरू एकसाथ पङ्तिवद्ध हुनेछन् ।

यस्तो दृश्य संसारको लगभग सबै भागबाट देख्न सकिनेछ । प्ल्यानेटरी परेड वा परेड अफ प्लानेट भनिने उक्त एउटा अत्यन्तै दुर्लभ खगोलीय घटनामा सौर्यमण्डलका शुक्र, मंगल, वृहस्पति, शनि, वरूण र अरूण एकसाथ पङ्तिवद्ध हुनेछन् ।

अरूण र वरूण (नेप्च्युन) हेर्नका लागि टेलिस्कोपको आवश्यकता पर्नेछ भने अन्य चार ग्रहहरू (शुक्र, मंगल, वृहस्पति र शनि)लाई नांगो आँखाले देख्न सकिने अमेरिकी अन्तरिक्ष अध्ययन संस्था (नासा)ले जनाएको छ । यो दृश्य हेर्न सूर्यास्तपछिको समय उत्तम हुनेछ । यद्यपि, संसारभर फरक–फरक समयमा मात्रै यस्तो नियाल्न सकिने नासाले उल्लेख गरेको छ ।

प्ल्यानेटरी (ग्रहहरूको) परेड एक खगोलीय घटना हो जहाँ हाम्रो सौर्यमण्डलका धेरै ग्रहहरू रातको आकाश र पृथ्वीबाट एकै समयमा देखिन्छन् । यसले तिनीहरू आकाशभरि एक प्रकारको ‘परेड’ माझैँ पङ्तिवद्ध हुनेछन् ।

एजेन्सीहरूको सहयोगमा


-

-

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud